नगरपालिकामा विदेशबाट फर्किएका युवा लक्षित कार्यक्रम «

नगरपालिकामा विदेशबाट फर्किएका युवा लक्षित कार्यक्रम

तनहुँको भीमाद नगरपालिकाले विदेशबाट फर्किएका युवा लक्षित कार्यक्रम सञ्चालनलाई विशेष प्राथमिकता दिने नीति लिएको छ । विदेश गई फर्केका र प्राविधिक ज्ञान भएका युवाहरू लक्षित गरी कार्यक्रम ल्याइने नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश छ । त्यस्तै शैक्षिक बेरोजगारलाई स्थानीय उत्पादनका आधारमा कार्य गर्ने प्रयोजनार्थ शैक्षिक ऋण उपलब्ध गराउन पहल गरिने समेत नीति तथा कार्यक्रममा समेटिएको छ । युवाहरूलाई सीप, पुँजी र प्रविधि प्रदान गरी युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख मेखबहादुर थापाले बताए । उनका अनुसार लघु, घरेलु तथा साना उद्योगको सम्भाव्यता अध्ययन गरी त्यस्ता उद्योगहरू स्थापना र प्रवद्र्धन गर्न जोड दिइनेछ । ३ वर्षभित्र पूर्ण सरसफाइ नगर बनाइने र स्वास्थ्य केन्द्रलाई अस्पतालको रूपमा स्तरोन्नति गरिने योजना छ ।

 

प्रतिक्रिया दिनुहोस्