पाँच वर्षपछि हतियार बिक्री बढ्यो «

पाँच वर्षपछि हतियार बिक्री बढ्यो

गत वर्ष पाँच वर्षमा पहिलो पटक विश्वव्यापी हतियार बिक्रीमा वृद्धि भएको छ । भूराजनीतिक तनावले प्रतिरक्षा खर्च बढाएसँगै हतियार बिक्रीमा वृद्धि भएको हो । विश्वका १ सय ठूला हतियार उत्पादकको बिक्री अघिल्ला वर्षको तुलनामा १.९ प्रतिशतले वृद्धि भई ३७४.८ अर्ब डलर पुगेको स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) ले जनाएको छ ।“हतियार बिक्रीको वृद्धि अपेक्षा गरिएको र यसलाई विभिन्न मुलुकमा चलेको सैन्य अभ्यास, नयाँ राष्ट्रिय प्रमुख हतियार कार्यक्रमको कार्यान्वयन र विद्यमान क्षेत्रीय तनावले झनै बढाएको छ,” ग्रुपले प्रतिवेदनमार्फत जनाएको छ ।
देशको सेनालाई आपूर्ति गर्दै आएको दक्षिण कोरियाका हतियार उत्पादकले गरेको बिक्री झन्डै विकसित मुलुकमध्येकै उच्च छ । उत्तर कोरियासँगको सम्भावित द्वन्द्वका कारण दक्षिण कोरियाको हतियार बिक्री बढी भएको हो । गत वर्ष दक्षिण कोरियाली फर्मले गरेको बिक्री २० प्रतिशतभन्दा बढीले वृद्धि भई ८.४ अर्ब डलर पुगेको थियो ।
गत वर्षको बिक्रीमा अमेरिकी फर्महरू पहिलो स्थानमा रहेका थिए । गत वर्ष अमेरिकी फर्मले गरेको बिक्रीमा ४ प्रतिशतको वृद्धि भई २१७ अर्ब डलर पुगेको थियो । यो विश्वव्यापी कुल बिक्रीको ५८ प्रतिशत हो । विश्वकै ठूलो उत्पादक अमेरिकी प्रतिरक्षा फर्म लकहिड मार्टिनले गत वर्ष आफूले गरेको बिक्रीमा ११ प्रतिशतको वृद्धि भएको पाएको थियो । विशेष गरी एफ–३५ लडाकु विमानको बिक्रीमा भएको वृद्धिका कारण लकहिडको बिक्री बढेको हो ।
सिप्रीमा आर्मस एन्ड मिलिटरी एकसपेन्डिचर प्रोग्रामका निर्देशक अउडे फ्लुरेन्टले अमेरिकी वृद्धिले निरन्तरता पाउने अपेक्षा आफूले गरेको बताएका छन् । राष्ट्रपति ट्रम्पले पेन्टागनको रक्षा खर्च बढाउन लागेको अमेरिकी परमाणु हतियारलाई सुधार गर्ने इच्छा व्यक्त गरेकाले अमेरिकाले हतियारमा गर्न लागेको खर्चमा पनि वृद्धि हुने बताइएको छ ।
रूसी फर्महरूले गरेको बिक्रीमा पनि ३.८ प्रतिशतको वृद्धि भई २६.६ अर्ब डलर पुगेको छ । यद्यपि रूसले गरेको बिक्री अघिल्ला वर्षहरूका तुलनामा मन्द हो ।
आफ्नो सैन्य क्षमतालाई सुधार गर्नका लागि मस्कोले खर्च बढाएको छ । तर, देशको वित्तीय अवस्थामा देखिएको कमजोरीका कारण खरिद भने ओरालो लागेको छ । यो पैसाको विषय भएको फ्लुरेन्टले बताए । रूस तेल र ग्यासको मूल्यमा आएको गिरावटका कारण नराम्ररी प्रभावित भएको उनले बताए । साउद चाइना सीमा देखिएको विवाद हतियार बिक्री वृद्धिका लागि प्रमुख स्रोतकारू रुपमा विकास भएको फ्लुरेन्टले बताए ।

प्रतिक्रिया दिनुहोस्