जनकपुरमा कैलाशको ५५ औं शाखा «

जनकपुरमा कैलाशको ५५ औं शाखा

 कैलाश विकास बैंकले शुक्रबार धनुषा जिल्लाको जनकपुरधाममा आफ्नो ५५ औं शाखा स्थापना गरी कारोबारको शुभारम्भ गरेको जानकारी दिएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, जनकपुरका मुख्य व्यवस्थापक नरेश शाक्यले गरेका थिए । कैलाश विकास बैंकको यस शाखाबाट सम्पूर्ण अत्याधुनिक बैंकिङ सुविधाहरू उपलब्ध हुने भन्दै विकास बैंकले यस नयाँ शाखासहित बैंकको शाखा संख्या ५५ पुगेको पनि जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्