टेलिकमले ल्यायो मनसुन अफर «

टेलिकमले ल्यायो मनसुन अफर

काठमाडौं-नेपाल टेलिकमले सहुलियतपूर्ण मनसुन अफर ल्याएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थाअनुसार कम्पनीले टेलिकम सेवा शुल्क समायोजन गर्ने भए तापनि तत्काललाई पहिलेकै दरमा उपलब्ध गराउने भएको जनाएको छ । टेलिकमले मंगलबारदेखि लागू हुने गरी मनसुन अफर ल्याएको छ ।
एडिएसएल लगायतका सेवामा कम्पनीले पहिलेदेखि नै उपलब्ध गराएका विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डाटा प्याक, जीएसएम थ्रीजी/फोरजी १ जीबी पर डे प्याक, सीयूजी प्याकेज, भिडियो एन्ड टीभी स्ट्रिमिङ आवरली प्याक, एडिएसएलका विभिन्न प्याकेज र इन्डिया अफरअन्तर्गत डेली प्याक र बिक्ली प्याक पहिलेकै दरमा उपलब्ध गराउनेछ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थाअनुसार निम्न प्याक तथा सेवाहरूमा मूल्य समायोजन गरेको छ । अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल एलर्ट र एफटीटीएच लगायतका विभिन्न प्याकेजहरूको मूल्य समायोजन गरेको हो । उपलब्ध प्याकेजहरूमा २५ देखि ५० प्रतिशत सम्म बोनस उपलब्ध गराइएको कम्पनीले जनाएको छ । मनसुन अफरअन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले एस्ट्रिक १४१५ ह्याज डायल गर्नुपर्नेछ । सरकारले आगामी साउन १ गतेदेखि नै लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पुराएको छ । त्यसैगरी डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क तिर्नुपर्ने भएको छ । पहिले डाटा सेवा प्रयोग गर्दा टेलिकम सेवा शुल्क तिर्नु पर्र्दैनथ्यो । अब भ्वाइस र डाटा दुवैमा १३ प्रतिशत टेलिकम सेवा शुल्क तिर्नुपर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्