अमेरिका–चीन व्यापार युद्धप्रति बोइङको चिन्ता «

अमेरिका–चीन व्यापार युद्धप्रति बोइङको चिन्ता

वासिङटन-अमेरिकी एरोस्पेस र प्रतिरक्षा कम्पनी बोइङका प्रमुखले अमेरिका–चीनबीच बढ्दो व्यापार युद्धले हुने क्षतिप्रति चिन्ता व्यक्त गरेका छन् ।
“स्वतन्त्र र खला व्यापारले एरोस्पेसको विकास हुन्छ,” प्रमुख कार्यकारी डेनिस मुइलेनबर्गले बताए ।भन्सारले एयरक्राफ्टको उत्पादनमा लागत बढाउने चिन्ता उनले व्यक्त गरेका छन् ।“एरोस्पेस क्षेत्रले विश्वव्यापी रुपमा आर्थिक लाभ हुन्छ,” उनले थपे ।
अमेरिका र चीन दुवैले एक अर्काको सामग्रीमा भन्सार लगाएका छन् । बोइङले व्यापार विवादमा यसको वैकल्पिक समाधान खोज्न चाहेको मुइलेनबर्गले बताए ।“यसले आपूर्ति सञ्जालाको लागतमा प्रभाव पार्न सक्नेप्रति हाम्रो चासो गएको छ,” उनले बताए ।यसै साता हुन लागेको फार्नबरो एयरशो अगाडि पत्रकारसँग बोल्दै मुइलेनबर्गले ह्वाइट हाउसले आफ्नो फर्मको गुनासो सुनिरहेको बताए ।“हामीले यस बारेमा अमेरिका र चीन दुवै मुलुकको सरकारसँग सम्पर्क गरिरहेका छौ,” उनको भनाई थियो । “हाम्रो आवज सुनिइरहेको छ,” उनले भने ।
यसै महिना अमेरिकाले ३४ अर्ब डलरको चिनियाँ सामानमा भन्सार लगाएको छ । यसको जवाफी कारबाही अन्तर्गत चीनले पनि समान परिमाणको सामानमा भन्सार लगाएको थियो । चीनले लगाएको भन्सारमा सुगुरको मासुदेखि लिएर भटमाससम्म रहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप २०० अर्ब डलरका चिनियाँ सामानमा भन्सार लगाउने चेतावनी दिएका छन् । चीनले पनि यसको बदला लिने जनाइसकेको छ ।अमेरिकाले स्टिल र आल्मुनियमको आयातमा पनि भन्सार लगाएको छ । अमेरिकाले ईयू, मेक्सिको र क्यानडाबाट हुने स्टिलको आयातमा २५ प्रतिशत र आल्मुनियमको आयातमा १० प्रतिशतको भन्सार लगाएको छ ।
यो बहुपक्षिय रुपमा देखिएको व्यापार विवादले विश्वव्यापी वृद्धिलाई मन्द बनाउने चिन्ता सर्वंत्र पैmलाएको छ ।
बोइङले हालसम्म पनि आफ्नो व्यवसायमा कुनै पनि किसिमको भन्सारले असर नपारेको मुइलेनबर्गले बताएका छन् । यद्यपि सम्भावित बदलाको कारबाही आफ्नो चिन्ताको विषय भएको उनले बताए ।बेइजिङले बोइङको व्यवसाय बढाउनका लागि चीन महत्वपूर्ण भएको कुरा बुझिसकेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्