एनआईसी एसियाको थप २ शाखारहित बैंकिङ सेवा

एनआईसी एसिया बैंकले पर्वतको फलेवास नगरपालिकाको थापाठानामा र बर्दिया जिल्ला, बडैयाताल गाउँपालिकाको शीतलाबजारमा आफ्नो बाह्रौं र
तेह्रौं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले फलेवास नगरपालिकाको थापाठानामा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन पर्वत जिल्लाको उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले गरे । बैंकको उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रूपमा बैंकले कविता कुँवरलाइ नियुक्त गरेको छ ।
बैंकले बडैयाताल गाउँपालिकाको सितलाबजारमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन सोही गाउँपालिका–८ का वडा अध्यक्ष सुन्दरमान श्रेष्ठले गरेका छन् । बैंकिङ सेवा सञ्चालनका लागि बैंकले प्रतिनिधिका रूपमा धनसिंह सुनारलाई नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीय बासिन्दाहरूलाई लामो दूरीसम्म हिँड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरूमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाहरूले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिसहोम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछन् ।