अमेरिकी कम्पनीले बनायो स्मार्टफोन जस्तै देखिने गन «

अमेरिकी कम्पनीले बनायो स्मार्टफोन जस्तै देखिने गन

वासिङटन-अमेरिकाको एक कम्पनी आइडियन कन्सीलले स्मार्टफोन जस्तै देखिने बन्दुकको उत्पादन सुरु गरेको छ । पुरै देशमा लगातार बढेको गोलीकाण्डबीच कम्पनीको यो कदम विवादमा परेको छ । २०१६ मा यो बन्दुकको लन्चिङ रोकिएको थियो । हाल कम्पनीलाई १२ हजार यस किसिमको बन्दुक बनाउने अर्डर मिलेको छ । प्राप्त जानकारी अनुसार अमेरिकी सर्वसाधारणमा यो ढाँचा धेरैनै लोकप्रिय भएकाले छिट्टैनै कम्पनीलाई उत्पादन दोब्बर बनाउनु पर्ने अवस्था आउने देखिएको छ ।
स्मार्टफोन जस्तो देखिने यो बन्दुकलाई आईफोन गन भन्न थालिएको छ । यद्यपि यसको मूल्य आईफोन एक्सको तुलनामा केबल आधा अर्थात ५ सय डलर रहेको छ । अमेरिकाको विवादास्पद गैर लाभकारी संस्था नेशनल राइफल एसोसिएसनले पनि यो स्मार्टफोन गनलाई प्रोत्साहन गर्दै आएको छ । संस्थाल मे महिनामा आफ्नो म्यागेजिन संस्करणमा यसको फिचर प्रडक्टमा स्थान दिएको छ । आत्मरक्षाका लागि यो पेस्ताल तथा रिभल्भरको राम्रो विकल्प हुन सक्ने बताइएको छ ।
एक पटकमा दुई गोली हान्न सकिने
बन्दुकलाई एउटा सानो ह्यान्डगनको रुपमा बनाइएको छ । यसको नलीलाई सजिलैसँग फोल्ड गर्न सकिन्छ । फोल्ड गरेपछि यो बन्दुक स्मार्टफोन जस्तो देखिन्छ । मानिसले यसलाई सहजै पकेटमा राख्न सक्छन् र कसैलाई यो बन्दुक छ भन्ने छेक छन्द समेत पर्दैन । बन्दुक खुले लगत्तै एक पटकमा ३८० क्यालिबरको दुई गोली प्रहार गर्न सकिन्छ । निशाना अचुक बनाउनका लागि यो गनलाइ लेजरसँगै पनि प्रयोग गर्न सकिन्छ ।
अमेरिकामााम ६६ प्रतिशतसँग एक भन्दा बढी गन
विश्वभरीका सामान्य मानिससँग जति बन्दुक छ त्यसको ४८ प्रतिशत अमेरिकामा मात्रै रहेको छ । अमेरिकाका करिब ८९ प्रतिशत मनिस आफ्नो साथमा हतियार राख्छन् । ६६ प्रतिशत मानिससँग एक भन्दा बढी बन्दुक रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्