Logo

एनएलजी इन्स्योरेन्स कम्पनीसँग बैंकासुरेन्स सम्झौता

महालक्ष्मी विकास बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बिमा सेवा दिने क्रममा मंगलबार थप एक बिमा कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्ससम्बन्धी सम्झौता गरेको छ ।
यसै सन्दर्भमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र एनएलजी इन्स्योरेन्स कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लब पन्तले बंैकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक समारोहबीच बैंकासुरेन्सको सम्झौता हस्ताक्षर गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्