पाँच गन्तव्यबाट व्यावसायिक उडान सुरु «

पाँच गन्तव्यबाट व्यावसायिक उडान सुरु

सरकारले १६२ दिनपछि अन्तर्राष्ट्रिय व्यावसायिक नियमित उडान सुचारु गरेको छ । भदौ ४ गतेको मन्त्रिपरिषद्को बैठकले व्यावसायीक नियमित उडानमा लगाएको प्रतिबन्ध सर्त सहित खुलाउने निर्णय गरेसँगै विगत १ सय ६२ दिन देखि लागेको लामो प्रतिबन्द खुलेको थियो । सरकारले करोनाभाइरस (कोभिड–१९) को रोकथामको लागि गत चैत ९ गतेबाट(मध्यरात) अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाएको थियो ।
सरकारले आरटीपीसीआर गर्न सहज भएका मुलुक तथा गन्तव्यहरुमा नियमित उडान भर्ने खुला गरेको थियो भने संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलेको समन्वयमा दैनिक ८ सय यात्रु ल्याउन दिने निर्णय पछिललो मन्त्रिपरिषद्ले गरेको छ । यसरी आरटीपीसीआर सहजभएको गन्तव्य तथा मुलुकहरुमा मलेसिया,यूएइ(यूनाईटेडअरब इमिर्रेटस्), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ अष्ट्रेलिया, अमेरिका, क्यानेडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णय अनुसार नेपाल आउनअनुमति भएका नेपाली नागरिक र नेपाली नागरिक र नेपाल स्थित विदेशी नीयोग कुटनीतिज्ञ तथा कर्मचारीहरु संयुक्त राष्ट्रसंघ,विकास साझेदार संस्थाका कर्मचारीहरु तथा प्रतिनिधिलाई नेपाल ल्याउने निर्णय गरेको हो । यसरी आरटीपीसीआर सहजनभएको मुलुक तथा गन्तव्यहरु साउदीअरब, कुबेत, कतार वा अन्य मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर उडान गर्ने यसको लागि विभागिय मन्त्रालय संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रबन्ध मिलाउने यसको लागि सम्बन्धित देशको दूतावासले नामावली प्रकाशित गर्ने भनिएको छ । सरकारले छिललो सयम निर्णय गर्दै पारिवारिक समस्या,बाध्यतामा परेर नेपाल चाहने गैरआवासीय नेपाली (एनआरएन)का लागि पनि आउनको लागि सहजीकरण गरेको छ ।
यसरी नियमित उडानमा आउने विमान चड्नु भन्दा अगाडी ७२ घन्टा भित्रको आरटीपीसीआर रिर्पोट कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई जानकारी गराउनु पर्ने र रिपोर्ट नेगेटिभ नभएको हकमा होटल क्वारेन्टिनमा अनिवार्य बस्न होटल बुकिङको प्रमाण पेस गर्नु पर्ने छ । एकै विमानमा आरटीपीसीआर पीसीआर गरेका र नगरेका यात्रुलाई ल्याउदा संक्रमण हुने जोखिम रहेकाले नियमित र उद्धार उडानमा छुट्टाछुट्टै ल्याउने निर्णय गरेको छ । आरटी पीसीआर नभएका यात्रुले स्थानिय तहमा होम क्वारिन्टनको लागि पठाउने छ । त्रिभुवन विमानस्थलमा यात्रु अवतरण गरेपछि सेनाले होल्डिङ सेन्टर लैजाने गरेको छ । होल्डिङ सेन्टरबाट पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुलाई फाराम भराएर स्थानिय निकायको सान्वयमा घर पठाइन्छ भने रिपोर्ट नभएका यात्रुलाई होटल क्वारेन्टिनमा पठाउने व्यवस्था मिलाइएको छ । साथै सरकारले नियमित उडानका भएका देशमा पीसीआर परीक्षण सहज नभएकोमा सरकारले चार्टर्ड उडान गर्ने जनाएको छ ।
मन्त्रायले सेप्टेम्बर महिनाभरको उडान तालिक सार्वजनिक गरेर सिमित देशमा व्यावसायीक उडान गर्ने जनाएको छ । पीसीआर रिर्पोट नभएका यात्रु भने सबै अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्ने प्राब्धान रहेको छ । भदौ १६ देखि असोज १४ सम्म २ स्वदेशी विमान कम्पनी गरी १ दर्जन विमान कम्पनीले ६० नियमित उडान हुदैं छ भने जसमा २७ बटा चार्टर उडान हुदैं छ । मंगलबार कतार र कुवेत,दोहा,कुम्लिङ,सारजहा गरी ५ गन्तव्यमा हिमालयन,नेपाल वायुसेवा निगम र एयर अरेवियाले उडान भरेका थिए ।

प्रतिक्रिया दिनुहोस्