सडक सञ्जालमा जोडियो मुदी «

सडक सञ्जालमा जोडियो मुदी

म्याग्दी-भौगोलिक विकटतालले म्याग्दीको सदरमुकाम बेनीदेखि टाढा रहेको धवलागिरि गाउँपालिका–४ मुदी सडक सञ्जालले जोडिएको छ । गाउँपालिकाको केन्द्र मुनादेखि सडक विस्तार सुरु भएको तीन वर्षपछि मात्रै मुदीमा सडकको ट्रयाक पुगेको हो ।
गाउँपालिकाले विनियोजन गरेको २० लाख र प्रतिनिधिसभा साँसद भुपेन्द्र थापामार्फत स्थानीय विकास साझेदार कार्यक्रमअन्तर्गतको ३० लाख बजेटबाट यो वर्ष मुदीमा सडकको ट्रयाक निर्माण गरिएको हो । यसअघि मुना र मुदीको बीचमा रहेको अक्करे भीरमा पुगेर रोकिएको सडकको पहुँच गाउँसम्म पुगेपछि मुदीबासीले राहत महसुस गरेका छन् । दैनिक उपभोग्य सामग्री खच्चड र भरियाको भरमा पुग्ने समस्या सडक सञ्जालले हटाएको छ ।
गाउँपालिकाको केन्द्रदेखि मुदीसम्म सडकको ट्रयाक निर्माण भएको र त्यसलाई आगामी वषर््िदेखि थप स्तरोन्नती गर्ने र दरखोलामा मोटरेबल पुलका लागि थप पहल गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् । उनका अनुसार यो सडक निर्माणमा पहिलो वर्ष गाउँपालिकाले ९० लाख, दोस्रो वर्ष ६५ लाख र सांसद थापाको स्थानीय विकास साझेदार कार्यक्रममार्फत २३ लाख बजेटबाट ट्रयाक निर्माण थालिएको थियो । मुदी धौलागिरी हिमालेका काखमा रहेको गाउँ हो । धौलागिरि आधार शिविर पुग्ने पर्यटकलाई मुदीसम्म सडक पुगेपछि आवश्यक सामग्री पु¥याउन सहज हुने गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।
स्थानीय सरकारमा जनप्रतिनिधि निर्वाचित भएपछि गाउँपालिकाको वडा नम्बर १ गुर्जाबाहेक अन्य वडा पनि सडक सञ्जालमा जोडिएको छ भने बर्खायाममा धौलागिरि गाउँपालिकाको सबै वडा पुगेका सडक नदीको कटान र पहिरोले यातायात अवरुद्ध भएका छन् । यसैबीच मालिका गाउँपालिका–५ जुग्जा र धवलागिरि गाउँपालिका–७ ताकमको काफलडाँडासमेत सडक सञ्जालले जोडिएको छ ।क

प्रतिक्रिया दिनुहोस्