इन्द्रजात्रामा सानिमा बैंकको क्यूआर कोड यात्राको सौगात «

इन्द्रजात्रामा सानिमा बैंकको क्यूआर कोड यात्राको सौगात

सानिमा बैंकले इन्द्रजात्राको अवसर पारेर ‘इन्द्रजात्रा क्यूआर कोडको यात्रा’ योजना ल्याएको छ । योजनाअन्तर्गत बैंकका संस्थागत व्यावसायिक खातावाहकले काठमाडौं उपत्यकाको विशेष जात्रा इन्द्रजात्राको दिन डिजिटल भुक्तानीको सरल, सुरक्षित माध्यम क्यूआर कोडका लागि आवेदन दिँदा ५ सय रुपैयाँबराबरको मोबाइल टपअप उपहार स्वरुप प्राप्त गर्ने बैंकले जनाएको छ ।
यस योजनामा सहभागी हुनका लागि संस्थागत व्यावसायिक खातावाहकहरुले घरैबाट रजिस्ट्रेसन गर्न सक्नेछन् । यसैगरी बैंकमा खाता नहुनेहरुले पनि यो योजनामा सहभागी हुन बैंकमा आफ्नो व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोलेर क्यूआर कोड मर्चेन्ट बन्न निवेदन पेस गर्नुपर्नेछ ।
यसरी सहभागी क्यूआर मर्चेन्टले बैंकका तर्फबाट ५ सय रुपैयाँको मोबाइल टपअप प्राप्त गर्नेछन् । यो योजना भदौ १६ गते इन्द्रजात्राको दिन काठमाडौं उपत्यकाका लागि मात्र लागु हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्