सगरमाथा इन्स्योरेन्स कम्पनीको नाफा २ अर्ब

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६-०७७ मा २ अर्ब १९ करोड ४७ लाख आम्दानी गरेको छ । शनिबार जुममार्फत गरिएको कम्पनीको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष रामकृष्ण मानन्धरले कोभिड–१९ का बाबजुद पनि कर्मचारीहरुको मेहेनतका कारण यो सफलता प्राप्त गरेको बताए । उनले अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष ०.८३ प्रतिशतले आम्दानी वृद्धि भएको बताए ।
कम्पनीले विभिन्न कोषमा ७६ करोड ७४ लाख बढी रकम जगेडा जम्मा भएको समेत जनाएको छ । बिमा बजारमा बढ्दो अस्वस्थ प्रतिस्पर्धा, जनशक्तिको कमी, कोभिडका कारण अर्थतन्त्रमा पर्ने असरले कम्पनीको कारोबारमा पनि असर परेको कम्पनीले जनाएको छ । सगरमाथा इन्स्युरेन्स कम्पनीले हाल ७४ शाखा, उपशाखा तथा एक्स्टेन्शन कार्यालयबाट मुलुकभर सेवा दिँदै आएको छ ।