जर्मनी रुसको नियन्त्रणमाःट्रम्प «

जर्मनी रुसको नियन्त्रणमाःट्रम्प

ब्रसेल्स-जर्मनी र अमेरिका एक महिनाको अवधिमा दोस्रो पटक आमने सामने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रसेल्समा नेटोको बैठकमा खुलेरै जर्मनीको बिरुद्धमा अभिव्यक्ति दिएका छन् । ट्रम्पले भने,“एकातिर हामी तपाईलाई रुस र बाँकि देशबाट सुरक्षा प्रदान गर्दैै आएका छौ । अर्कातिर तपाई रुससँग अर्बौ डलरको सम्झौता गर्नु हुन्छ । तपाई त रुसलाई धनी बनाइरहनु भएको छ । जर्मनी पूर्ण रुपमा रुसको नियन्त्रणमा छ । रुसले जर्मनीलार्य बन्धक बनाएर राखेको छ । यो ठिक होइन ।”
ट्रम्पले यो टिप्पणी गरेको समयमा जर्मनीका चान्सल एंगेला मर्केल उपस्थित थिइनन् ।
२९ देशको सैन्य संगठन नेटोका महासचिव जेन्स स्टोलटेनबर्गसँग भएको ब्रेकफास्ट बैठकमा उनले भने,“यो बहुत दुःखको कुरा हो कि जर्मनीले रुससँग तेल तथा ग्यासको एक ठूलो सम्झौता गरेको छ । आगामी वर्षहरुमा जर्मनीले रुसलाई अर्बौ डलर दिँदै छ । हामीत जर्मनी र फ्रान्स लगायका मुलुकको सुरक्षा गरिरहेका छौ । यद्यपि यी मुलुकहरुले रुससँग पाइपलाईनको सम्झौता गरिरहेकमा छन् । एकातिर हामी तपाईलाई रुसबाट हुने खतराको सुरक्षा प्रदान गरिरहेका छौ, अर्कातिर रुसलाई अर्बौ डलर प्राप्त भइरहेको छ । यो सही होइन । जर्मनीको ७० प्रतिशत प्राकृतिक ग्यास क्षेत्रमा रुसको नियन्त्रण हुन गइरहेको छ । यो सही होइन ।”
ट्रम्पको यो अभिव्यक्तिपछि जर्मनीका चान्सलर एंगेला मर्केलले भनिन्,“म पूर्वी जर्मनीको यस्तो क्षेत्रमा हुर्केकि हु, जुन कुनै समयमा सोभियत संघको हिस्सा थियो । मैले सोभियत संघको नियन्त्रण भएको जर्मनीको पनि अनुभव गरेकि छु । मलाई खुसी छ कि आज दुवै देश अलग र स्वतन्त्र छ । हामी आफ्नो नीति अाफै निर्धारण गर्छौ र यो राम्रो कुरा हो ।”

 

प्रतिक्रिया दिनुहोस्