रेनोको अत्याधुनिक सुविधा

रेनोका लागि नेपालको आधिकारिक बितरक एड्भान्स अटो मोबाइल प्रालिले ‘रेनो वर्कसप अन हुइल’ (वाउ) नामक सर्भिस भेइकल रेनोका उपभोक्ताहरूलाई सेवा सुरुवात गरेको छ । रेनो नेपालले पहिलो पटक अत्याधुनिक सर्भिस सेन्टरसहितको यो सेवा ल्याएको हो । यो सेवाबाट रेनोको उपभोत्ताहरूले लाभ लिन सक्नेछन् । रेनोको यो सेवाले विशेष गरी काठमाडौं उपत्यकाभरि फैलिएर रहेका आफ्ना ग्राहकहरूलाई प्रभावकारी र अत्यावश्यक समयको बेला तत्पर सेवाहरू प्रदान गर्नेछ । रेनोका ग्राहकलाई मध्येनजर गर्दै एड्भान्स अटो मोवाइल प्रालिले ‘वर्कसप अन हुइल’ (वाउ) नामक सर्भिस सेवाको सुरुवात गरेको छ । यो सेवा उपत्यकाका ग्राहकले घरबाटै प्राप्त गर्न सक्नेछन् । यस सर्भिस सेवा पूर्णत अत्याधुनिक र सुविधासम्पन्न हुनुको साथै यो सेवाबाट कारमा आउने ८० प्रतिशत समस्या त्यही नै समाधान हुनेछन् ।