टीएमएस प्रणालीमा समस्याले सेयर बजार प्रभावित «

टीएमएस प्रणालीमा समस्याले सेयर बजार प्रभावित

Nepal Stock Exchange (NEPSE) building onTuesday, 9th January, 2018, showing recovery from the damages of 2015 earthquake. Photo: RSS


नेपाल स्टक एक्सेन्ज (नेप्से) को अनलाइन प्रविधि (टीएमएस)मा आइतबार समस्या आएपछि कारोबार नै केहीबेर अवरुद्ध भयो । दोस्रो चरणमा खुलेको बजारमा सामान्य सुधार देखिएको छ । सेयर बजार खुलेको १० मिनेटपछि नै टीएमएसमा समस्या आएपछि आधा ब्रोकरहरूले १२ बजेसम्म कारोबार गर्न पाएका थिएनन् भने आधाको १२ बजेपछि नेप्सेले कारोबार रोक्का राखेको थियो । ब्रोकरको टीएमएस प्रणालीमा समस्या आएपछि कसैले अर्डर राख्न नै नमिलेको त कसैले अर्डर राख्दा मल्टिपल इन्ट्री भएको लगानीकर्ताले बताए । एक पटक सेयर बेच्न खोज्दा दुई भन्दा धेरै पटक इन्ट्री भएको, सेल अर्डर राख्ने समयमा लग इन भएर सेल रोखेको, पछि अर्डर प्लेस दुई वटा देखाएको तथा क्यान्सिल गर्न खोज्दा पनि लग अफ भएकोजस्ता समस्या भएको लगानीकर्ताले बताए ।
नेपाल धितोपत्र बोर्डले ‘समस्या के हो’ भनेर नेप्सेलाई सोधेपछि मात्रै नेप्सेले समस्या समाधान गर्न चासो देखाएको लागनीकर्ताहरूले आरोप लगाए । यसैबीच, नेप्सेले कारोबार बन्द गरेर पुनः ३ बजेर १५ मिनेटदेखि ५ बजेर १५ मिनेटसम्म दुई घण्टाका लागि कारोबार अवधि थप गरेको थियो । तर सेयर बजार मापन गर्ने नेप्से परिसूचक ४.६४ अंकले बढेको छ भने सेन्सेटिभ इन्डेक्स भने घटेको छ । आइतबार १ सय ८६ कम्पनीका ३६ लाख ८५ हजार कित्ता सेयर १ अर्ब ६१ करोड ४५ लाख रुपैयाँमा किनबेच भएको छ

प्रतिक्रिया दिनुहोस्