Logo

स्टान्डर्ड चार्टर्ड बैंककोे शतप्रतिशत बोनस सेयर

स्टाण्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई १०० प्रतिशत बोनस सेयर र त्यसका लाग्ने करका लागि ५.२६ प्रतिशत नगद लाभांश दिएको छ । ४ अर्ब चुक्ता पुँजी रहेको बैंकले सतप्रतिशत बोनस सेयर दिएर ८ अर्ब चुक्ता पुँजी पुर्याएको छ । अघिल्लो वर्ष एफपीओ जारी गरेको रकमबाट आएको रिजर्ब र नाफाबाट चार्टर्डले शतप्रतिशत बोनस सेयर दिन सफल भएको बैंकले जनाएको छ । साथै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जितेन्द्र अरोराले शपथ ग्रहण लिएका छन् । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालबाट अध्यक्षको शपथ ग्रहण गराएका हुन् । अरोरालाई नै बैंकको कम्पनी सचिवको जिम्मेवारी पनि दिइएको छ । अनन्थ नारायणको कार्यकाल पूरा भएपछि स्ट्यान्डर्ड चार्टर्ड बैंकले अरोरालाई अध्यक्ष बनाएको हो । सन् २००१ मा बैंकमा प्रवेश गरेका अरोराले आसियान तथा दक्षिण एसियाको क्षेत्रीय प्रमुखका साथै कमर्सियल बैंकिङको ग्लोबल हेडका रूपमा ९ देशको जिम्मेवारी सम्हाली रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्