चिनिया“ लगानीका लागि सिंगापुर उत्कृष्ट गन्तव्य «

चिनिया“ लगानीका लागि सिंगापुर उत्कृष्ट गन्तव्य

चिनियाँ लगानीका लागि सिंगापुर उत्कृष्ट गन्तव्य भएको इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले सार्वजनिक गरेको सूचीले देखाएको छ । चिनियाँ लगानीको मामिलामा भारत भने ६ स्थान ओरालो झरेर ६० मुलुकमध्ये ३७ औं स्थानमा कायम भएको छ ।
पछिल्लो ईआईयूको चाइना गोइङ ग्लोबल इन्भेस्टमेन्ट इन्डेस्कका अनुसार चिनियाँ समुद्रपारको प्रत्यक्ष लगानीका लागि सर्वाधिक आकर्षक गन्तव्यमा सिंगापुरले अमेरिकालाई उछिनेको हो ।
चीनको सीमापार लगानीको आकर्षक गन्तव्यको शीर्ष पाँचको सूचीमा हङकङ, मलेसिया र अस्ट्रेलिया पनि परेका छन् ।
ब्रिक अर्थतन्त्रमध्ये रूस ६ स्थानले उकालो लागेर ११ औं स्थानमा कायम भएको छ । यसैबीच दक्षिण अफ्रिका पनि ६ स्थान उकालो चढेर ४४ औं स्थानमा कायम भएको छ ।
यद्यपि ब्राजिल भने १९ औं स्थान ओरालो झरेर ५३ औं स्थानमा कायम भएको छ । भारत ६ स्थान ओरालो झरेर ३७ औं स्थामा काम भएको छ । चीनसँगको तनावपूर्ण राजनीतिक सम्बन्धका कारण चिनियाँ प्रत्यक्ष वैदेशिक लगानीको आकर्षक गन्तव्यमा भरतले ओरालो लागेको सूचीले देखाएको छ ।
“भारतमा चिनियाँ लगानीकर्ताका लागि चुनौतीका बाबजुद देशको वृद्धि अवस्थाले केही चिनियाँ कम्पनी जस्तै हुवावे शाओमीका लागि भारत आकर्षक गन्तव्य भएको छ,”ईआईयूको प्रतिवेदनले देखाएको छ ।
आगामी दिनमा विश्वव्यापी उपभोक्ता क्षेत्रमा चिनियाँ फर्महरूका लागि ई–कमर्सको क्षेत्र विशेष गरी सबल देखिएको प्रतिवेदनले जनाएको छ । चीनको अलिबाबाजस्तो ई–कमर्स कम्पनीले दक्षिणपूर्वी एसिया र भारतमा लाजाडा र पेटाइमजस्ता क्षेत्रको लगानीबाट आफ्नो उपस्थितिलाई बढाउने प्रयास गरिरहेको छ ।
सूचीको शीर्ष स्थानमा अझै पनि विकसित अर्थतन्त्रको वर्चस्व भए पनि उदीयमान मुलुकहरूले पनि आफ्नो स्थानमा सुधार गरेका छन् । मलेसिया चौथो स्थानमा कायम भएको छ भने काजाकस्थान १३ औं स्थानमा कायम भएको छ ।
सूचीका केही विकसित अर्थतन्त्रहरू ओरालो लागेका छन् । बेलायत २९ स्थान ओरालो झरेर ४१ औं स्थानमा कायम भएको छ । ईयू छोड्ने पक्षमा भएको निर्णयले आर्थिक परिदृश्य ओरालो लागेसँगै बेलायतको स्थान पनि ओरालो लागेको हो ।
अमेरिका, जापान, भारत र इरानको स्थानमा भने सुधार आएको छ ।

प्रतिक्रिया दिनुहोस्