Logo

‘जति इच्छा लाग्छ तिर्नुहोस्, मज्जाले इन्टनेट चलाउनुहोस्’

इन्टरनेट सेवा प्रदायक कम्पनी लुप नेटवर्कले नवीन ढंगको प्रवद्र्धनात्मक योजना सुरु गरेको छ । कम्पनीले ‘जति इच्छा लाग्छ तिर्नुहोस, मज्जाले इन्टनेट चलाउनुहोस्’ नामक योजना सुरु गरेको हो । दुई सातासम्म सञ्चालन हुने यस योजनामा ७ एमबीपीएस, १२ एमबीपीएस र १८ एमबीपीएसका प्याकेजहरू खरिद गर्दा पहिलो महिना आफ्नो इच्छा अनुसार पैसा तिरे पुग्छ । त्यो पैसा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सामाजिक संस्था न्यू नेपाल सोसाइटी सेन्टरका गरिव, असहाय, एवं टुहुरा बालबालिकाको लागि हितको लागि प्रदान गर्ने कम्पनीले जनाएको छ ।
नेटवर्कले यस योजनालाई राजधानी काठमाडौंमा मात्रै केन्द्रित गरेको छ । सोही अवसरमा कुलेश्वर, कालिमाटी, बल्खु, टेकु, रविभवन, त्रिपुरेश्वर, भोटेबहाल, बाफल, सीतापाइला, रामकोट, आरुबारी, माकलबारी, जगडोल, नैकाप, कलंकीलगायतका स्थानमा ‘जति इच्छा लाग्छ तिर्नुहोस्, मज्जाले इन्टनेट चलाउनुहोस्’ अभियान सञ्चालन गरिसकेको कम्पनीका कार्यकारी अध्यक्ष सतिश पोखरेलले बताए । करिब दुई वर्ष अघिदेखि सञ्चालनमा आएको लुप नेटवर्कसले हाल काठमाडौं बाहेक चितवन, सुनसरी, धनुषा, झापा, नुवाकोटमा सेवा सञ्चालन गर्दै आएको छ । चाँडै रुपन्देहीमा पनि सेवा सञ्चालनमा ल्याउने पोखरेल बताउँछन् । कम्पनीले इन्टरनेटसँगै डिजिटल केवल टिभी सेवा पनि प्रदान गर्दै आएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्