Logo

ग्यापुबाट सामान किन्दा कुनै पनि बैंकका भिसा, मास्टर, डेबिट कार्ड र मोबाइल बैंकिङ तथा विद्युतीय भुक्तानी प्रणालीबाट पैसा तिर्न सकिन्छ ।

भियतनाम र भारतमा समेत सेवा विस्तार गर्दै ग्यापु

नेपाली कमर्श कम्पनी ‘ग्यापु’ले आफ्नो सेवा भारत र भियतनाममा समेत विस्तार गर्ने योजना बनाएको छ । लकडाउनको सुरूआतमा खाद्यान्न, फलफूल, तरकारी लगायतका सामानको डेलिभरी गरेको कम्पनीले छिट्टै आफ्नो सेवा अन्य बाहिरी देशमा पनि विस्तार गर्न लागेको हो । ‘ग्यापु भियतनाम’ र ‘ग्यापु इन्डिया’ भनेर सुरूआतमा ती दुई देशमा सेवा विस्तार गर्न लागिएको ग्यापुका संस्थापक ग्यानेन्द्र खड्काले बताए ।
दुवै देशमा उनी एक्लैको लगानी छ । एक्सल ट्रिपको कार्यालय भएर पनि आफूलाई सेवा दिन सहज भएको उनले बताए । भारत इकमर्शमा धेरै अगाडि छ । नेपाल र भारतबीच व्यापार गर्न सहज भएकाले भारतमा सेवा विस्तार गर्न चाहेको उनले बताए ।
त्यस्तै, भियतनाम इकमर्शको फ्रेस मार्केट र ठूलो देश भएर भियतनाम उनको पहिलो रोजाईमा परेको हो । सेवा विस्तार पछि तिनै देशका सामान एक अर्काले किन्न सक्नेछन् । नेपालको सामान बाहिरी देशमा लैजान यसले थप मद्यत गर्ने उनको विश्वास छ । ती दुई देशमा सफल भए दक्षिण एशियामै सेवा विस्तार गर्ने उनको योजना छ । हाल ग्यापुमा हजार बढी भेन्डर र चार लाख बढी प्रोडक्ट उपलब्ध छन् । स्थापनाको छोटो समयमै वेबसाईट र मोबाइल एप मार्फत ८० हजार ग्राहक दर्ता भइ सेवा लिइरहेका छन् ।
दस करोडको लगानिमा सुरु गरिएको ग्यापुले हाल दैनिक दस लाख बढीको कारोबार गरिरहेको छ । कम्पनीले सेल्सवेरी र सिभिल मलसँग पनि सम्झौता गरेको छ । ग्यापुबाट सामान किन्दा कुनै पनि बैंकका भिसा, मास्टर, डेबिट कार्ड र मोबाइल बैंकिङ तथा विद्युतीय भुक्तानी प्रणालीबाट पैसा तिर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्