उनले भने, “आफु संक्रमित भएर पनि समाजका लागि निरन्तर सूचना प्रवाह गर्न तल्लिन रहने रेडियो र रेडियोका सञ्चारकर्मीहरूको भूमिका अतुलनीय छ ।
एफएमलाई नै आइसोलेसन बनाएर प्रसारणलाई निरन्तरता
नीरज पिठाकोटे
वीरगन्जबाट प्रसारण हुने एक रेडियोले स्टेसनमै आइसोलेसन बनाएर एफएम प्रसारणलाई निरन्तरता दिएको छ । मध्य तराईको पहिलो सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्जका सञ्चारकर्मी, कर्मचारीहरूमा कोरोना संक्रमण देखिएपछि एफएम स्टेसनलाई नै आइसोलेसन बनाएर प्रसारणलाई निरन्तरता दिएको हो । कोरोना भाइरस संक्रमण समुदाय स्तरमा फैलिएको र कोभिड अस्पतालमा संक्रमितलाई राख्ने स्थान अभावका कारण अझै सयौं संक्रमितहरू घरमै, धर्मशाला, होटलहरूमा स्थापना गरिएका सामुदायिक आइसोलेसनमा राखिएको अवस्थामा रेडियोले भने संक्रमित आफ्ना सञ्चारकर्मी तथा कर्मचारीलाई स्टेसनमै आइसोलेसन बनाएर प्रसारणलाई पनि निरन्तरता दिएको हो ।
कार्यक्षेत्रमा कार्यरत रहेको अवस्थामा सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्जका कार्यरत स्टेसन प्रमुखसहित ७ जना रेडियोकर्मी संक्रमित भएका थिए । रेडियोका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाका अनुसार गत साउन १८ गते स्टेसन प्रमुख संक्रमित भएका थिए । उनी साउन १९ गते नै कोभिड अस्थायी अस्पताल हेल्थकेयरमा भर्ना भई १२ दिनपछि उनी कोरोना मुक्त भएर साउन ३० गते घर फर्किए । साउन २८ गते रेडियोका ५ जनाको परीक्षण गराउँदा एकजना प्राविधिकलाई संक्रमण देखियो । अरु चार जनाको नेगेटिभ आएको थियो । त्यसपछि भदौ ४ गते गरिएको परीक्षणमा पाँचजनामा संक्रमण देखियो । अहिले ७ जना सञ्चारकर्मी, कर्मचारीहरू आइसोलेसनमा छन् ।
उनी भन्छन्, “संक्रमित सबै साथीहरूलाई स्थानीय प्रशासनले फोन गरेर कोभिड अस्पतालमा लैजाने तयारी गरेपछि रेडियो बन्द हुने अवस्था आएपछि तनावमा थिए । रेडियोमा कार्यरत रहेको अवस्थामा संक्रमित भएपछि केही दिन अघिमात्र नेगेटिभ रिपोर्ट आएका तीनजना साथीहरूसमेत होम क्वारेन्टिनमा वस्नुप¥यो । वीरगन्जमा कोरोना संक्रमण समुदाय स्तरमा भयावह अवस्थामा फैलिएको छ । नागरिकलाई पलपलमा सूचनाको खाँचो छ । यस्तो अप्ठ्यारो स्थितिमा संक्रमण भएका पाँच जना साथीहरूले रेडियोमा आइसोलेसन बनाएर बस्ने र रेडियो सञ्चालन गर्ने निर्णयमा पुग्नुभयो । मलाई उहाँहरूको भूमिकापति गर्व महसुस भएको छ ।
उनले देखाउनु भएको साहस र हौसला प्रतिनमन गर्न चाहन्छु ।” सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का महासचिव समेत रहेका एफएमका कार्यकारी अध्यक्ष देवकोटाले भने, “नेपालमा पहिलो पटक संक्रमितहरूले रेडियोमा रहेर नागरिकलाई सूचना दिने काम गरेको छ र सामुदायिक रेडियोको मूल मर्म नै यही हो । आफू जोखिममा रहेको अवस्थामा पनि संकटपूर्ण स्थितिमा रहेको समुदायलाई सूचना दिन बन्द गरिएन ।”
सामुदायिक रेडियोहरूको भूमिका नै फरक रहेकाले समाजलाई सूचनाबाट बञ्चित हुन नदिनका लागि पनि स्टेसनलाई नै आइसोलेसन बनाएर प्रसारणलाई निरन्तरता दिनु समाजप्रतिको जिम्मेवारी भएको बताए । ८ जना सञ्चारकर्मी, कर्मचारीहरू अझै होम क्वारेन्टिनमा बसेका छन् । यस्तो जटिल परिस्थितिको सामना गर्दै आइसोलेसनमा रहेका र होम क्वारेन्टिनमा रहेकाहरूले पनि रेडियोमा समाचार बनाएर पठाएको उनले बताए ।
अहिले रेडियोको आइसोलेसनमा लेखा प्रशासन प्रमुखसहित दुई जना प्राविधिक, एक जना कार्यालय सहयोगी र समाचारमा शिवनाथ यादव रहेको उनले बताए । गत भदौ ४ गते रेडियोमा कार्यरतमध्ये ६ जनाले परीक्षण गराउँदा ५ जना संक्रमितको सूचीमा परेका थिए ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहानले नारायणी एफएम र कार्यरत सञ्चारकर्मीहरूले खेलेको भूमिका समाजप्रतिको जिम्मेवारी र आफ्नो पेसाप्रतिको समर्पण रहेको बताएका छन् । उनले भने, “आफु संक्रमित भएर पनि समाजका लागि निरन्तर सूचना प्रवाह गर्न तल्लिन रहने रेडियो र रेडियोका सञ्चारकर्मीहरूको भूमिका अतुलनीय छ ।