कोरोनाको असर कम गर्ने बारे ध्यान दिन एडिबीको जोड «

कोरोनाको असर कम गर्ने बारे ध्यान दिन एडिबीको जोड


एसिया विकास बैंकका अध्यक्ष मासासासुगु आसाकावाले यातायात क्षेत्र कोरोनाका कारण प्रभावित भएकाले दीगो विकासका लागि उदयमान बनेर आउनु पर्नेमा बताएका छन् । उनले यो क्षेत्रको दीगो विकास र सुधारको लागि ३ विषयमा विशेष ध्यान दिनु पर्ने बताए ।
फिलिपिन्सको मनिलामा भएको अगस्ट २४ देखि २८ सम्म हुने सातै एसियन प्यासिफिक फोरम २०२० मा सम्बोधन गर्दै बैंकका अध्यक्ष मासासासुगु आसाकावाले यातायात क्षेत्रको सुधारको लागि तीन रणनीति अगाडी सारेका हुन्
कोरोना महामारीका कारण यातायात क्षेत्र सबै भन्दा बढी प्रभावित भएको भन्दै उनले यो क्षेत्रको दिगो विकासका लागि अगाडि बढ्नु पर्नेमा जोड दिए ।
उनले यातायात क्षेत्रको दिगो विकासका लागि ३ रणनीतिक योजनामा विशेष ध्यान दिनु पर्ने बताए ।
कोरोनाको असर नराम्रोसँग परेको बताउँदै अध्यक्ष आसाकावाले आगामी वर्षमा यसको असर अझ देखिदै जाने बताए । उनले यातायात क्षेत्रको नकरात्मक असरहरुलाई कम गर्दै अर्थतन्त्रमा पुनरुउथानको गर्दै जानु पर्नेमा जोड दिएका छन् ।
कोभिड–१९ भन्दा अगाडी यातायात क्षेत्रलाई सुधार गर्दै जानु पर्ने पनि बताए । यसको लागि सडक सुरक्षा, पूर्वाधार विकास, यातायात क्षेत्रको यात्रामा देखिएका समस्या समाधान गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्