कतै चन्द्रमामा चीनले कब्जात गर्दैछैन ? बढ्यो अमेरिकाको चिन्ता «

कतै चन्द्रमामा चीनले कब्जात गर्दैछैन ? बढ्यो अमेरिकाको चिन्ता

वासिङटन-अमेरिका र चीनबीचको प्रतिद्वन्द्वीता केबल व्यापार वा जमीनलाई लिएर मात्रै होइन अन्तरिक्षलाई लिएर पनि सुरु भएको छ । अमेरिकाको रक्षा विभाग चन्द्रमाको विषयलाई लिएर विभिन्न देशकाबीच चलिरहेको प्रतियोगितामा ध्यान दिइरहेका छन् । देशको सेनालाई लागिरहेको छ कि अमेरिकाको चन्द्रमासँग सम्बन्धित अधिकारीको रक्षा गर्ने उसको भूमिका रहेको छ ।
रक्षा विभागलाई यो कुराको चिन्ता छ कि चीन, अमेरिका भन्दा पहिले चन्द्रमामा नपुगोस र यसो भयो भने उसले अन्तरिक्षको विषयलाई लिएर नियम बनाउन लाग्ने छ । यस्तो अवस्थामा चीनले अमेरिकाको बिरुद्धमा लडाईँको उद्घोष गर्न सक्ने चिन्ता अमेरिकाको छ ।
डिफेन्स इनोभेसन यूनिटमा स्पेस पोर्टफोलियोका निर्देशक ब्रिगेडियर स्टिभनका अनुसार नियम उदाहरण बन्न सक्ने छ । कुनै देश स्पेसमा के गर्छ, यसबाट भविष्यमा अन्तर्राष्ट्रिय कानुन बन्न सक्छ । उनले भने,“हामी चाहदैनौ कि हाम्रा प्रतिद्वन्द्वी त्याहाँ गएर यस किसिमका नियम बनाउनु भन्ने हामी चाहन्नौ ।”
बिग्रेडियर स्टिभनका अनुसार जुन पहिलो देश जीईओ (जिष्योस्टेशन इक्विटरियल अर्बिट) र सीसलुनार चन्द्रमा र पृथ्वीबीच) अन्तरिक्षको यातायाता पूर्वाधार र लजिस्टिकको क्षमता विकसित गर्छ उसैले सीसलुनार स्पेस तथा चन्द्रामाको संसाधनमा नियन्त्रण हासिल गर्नेछ ।
नासाले भेहिकल डिजाइनका लागि ब्लू ओरिगिनलाई छान्यो
ब्लू ओरिगिनमा एडभान्स्ड प्रोग्रामका उपाध्यक्ष ब्रेंन्ट शेरलुडका अनुसार सीसलुनर स्पेसको विकास सरकार र इन्डस्ट्रि साथै आउनाले हुन सक्ने छ । उनका अनुसार इन्डस्ट्रि सधै सरसकारको बिजनेसको अपेक्षा गर्नेछ ।
हालसम्म यस्ता कुनै उत्पादन देखा परेको छैन, जुन चन्द्रमामा बनाउनाले पृथ्वीको अर्थतन्त्रलाई फाइदा हुनेछ । नासाको आर्टमिस मिशनका अनुसार चन्द्रमामा मानिसलाई लैजानका लागि भेहिकल डिजाइनका लागि ब्लू ओरिजिन समेत तीन टीमलाई छानिएको छ । यसका लागि उसलाई ५७.९ करोड डलरको सम्झौता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्