जापानमा बच्चा जन्माए बापत ३ लाख रुपैयाँ «

जापानमा बच्चा जन्माए बापत ३ लाख रुपैयाँ

जापानमा तीव्र रुपमा घट्दै गएको जनसंख्या सरकारका लागि ठूलो समस्या भएको छ । २००९ मा जापानको जनसंख्या १२ करोड ८५ लाख थियो । यसमा गिरावट आएर हाल १२ करोड ७१ लाख कायम भएको छ । २०१६ मा जापानमा करिब ९ लाख बच्चाको जन्म भएको थियो । तर मृत्यू पनि जन्मको तुलनामा ३ लाखले बढी भएको छ । आगामी १० वर्षको अवधिमा जनसंख्या एक तिहाईले कमी हुने अनुमान गरिएको छ । यो समस्याको समाधानका लागि सरकारले विभिन्न प्रयास गर्दै आएको छ । जापानमा बच्चा जन्माए बापत सरकारले २ लाख ९६ हाजर रुपैयाँ प्रोत्साहन स्वरुप दिने गरेको छ ।
जनसंख्या बढाउनका लागि सरकारले बजेटमा २ देखि ३ प्रतिशत छुट्याएको छ । जापानमा हाल बच्चा जन्माउने दर १.४४ रहेको छ । सरकार यसलाई बढाएर १.८ पुर्याउन चाहन्छ ।
जापानमा बच्चाको स्याहार गर्नका लागि प्रत्येक दिन १ हजार ६ सय रुपैयाँ आवश्यक पर्छ । यसमा सरकारले सहुलियत दिँदै आएको छ । सरकारले बच्चासँग सम्बन्धित धेरैजसो विषयमा छुट दिँदै आएको छ । बच्चा माध्यमिक स्कुलमा पुगेपछि सरकारले बस र भ्यानका लागि वर्षेनी ९७ हजार रुपैयाँ दिँदै आएको छ । बच्चाको स्याहार र उपचारमा हुने खर्चमा सरकारले ३० प्रतिशत बेहोर्दै आएको छ । बच्चालाई सुविधा दिइने कारोबरामा सरकारले कुनै शुल्क बिना जमिन पनि उपलव्ध गराउदै आएको छ ।
जापानमा विभिन्न कारणले गर्दा जनसंख्यामा कमी आउने गरेको छ । यसै कारण याहाँ विवाह नगरिकन एक्लै बस्ने चलनमा वृद्धि भएको छ । २०१५ को जनसंख्याका अनुसार याहाँ ३४.६ प्रतिशत घर मालिक एक्लै बस्ने गरेका छन् ।
महिलालाई करियर बनाउनका लागि जापानमा पुरुषको तुलनामा बढी अवसर छ । विवाहपछि परिवारको जिम्मेवारी आफुमा आउने भएकाले धेरैजसो युवती यात विवाहनै गर्दैैनन् या ढिलो गरी गर्ने गर्छन् ।
याहाँ श्रीमान श्रीमतीको प्राथमिकता भनेको आफुलाई आर्थिक रुपमा बलियो बनाउनु रहदै आएको छ । उनीहरु विवाह भएपछि पनि लामो समयसम्म बच्चा जन्माउदैनन् । जापानमा ५६ प्रतिशत परिवारमा पती पत्नी बाहेक १ वा २ मात्रै बच्चा रहने गरेका छन् ।
नयाँ पीढीलाई बच्चा जन्माएपछि महिलाको सुन्दरतामा असर पर्ने विश्वास रहदै आएको छ । गर्भवती महिला सुन्दर नदेखिनाले पनि जापानी महिलामा बच्चा पाउनेप्रतिको उदासिनता बढ्दै गएको छ ।
जापानमा ६५ वर्ष भन्दा बढी उमेरको जनसंख्या २७ प्रतिशत रहेको छ । यसैका कारण मृत्यू दरमा पनि लगातार वृद्धि भइरहेको छ । पाका उमेरका मानिसमा आत्महत्याको दरमा पनि वृद्धि भएको छ ।
याहाँका युवाहरु अमेरिका र युरोपमा गएर कारोबार गर्नतर्फ आकर्षित भएका छन् । जापानमा औसत ११ मिनेटमा एक व्यक्तिले देश छोड्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्