हवाई सुरक्षामा सुधार «

हवाई सुरक्षामा सुधार

दीपेन्द्र थापा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको हवाई सुरक्षामा उल्लेख्य सुधार आएको जनाएको छ । गत वर्षको साउन १५ गते मन्त्रालयको पदभार समालेका विभागीय मन्त्री योगेश भट्टराईले मंगलबार सिंहदरबारमा गत आर्थिक वर्षमा भएको वार्षिक प्रगति सार्वजनिक गर्दै हवाई क्षेत्रको सुरक्षामा सुधार भएको बताएका हुन् । उनले मन्त्रालयले कोभिड–१९ महामारीबीच पनि अघिल्लो आर्थिक वर्षमा सकारात्मक प्रगति हासिल गरेको बताएका छन् । मन्त्रालयले आर्थिक वर्ष २०७६-०७७ मा समग्रमा ६० प्रतिशत प्रगति हासिल गरेको छ । उडान सुरक्षाको सबै मापदण्डलाई पालन गर्दै आएको उनले बताए ।
नेपालको हवाई सुरक्षाको सेफ्टीमा निरन्तर सुधार भएकाले गर्दा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघठन (आइकाओ)को सुधार भएको सूचीमा रहेको उनको दावी छ । मन्त्रालयले नीतिगत सुधार र सुशासन प्रवद्र्धनमा गहन कार्य भएको र अन्तरनिकाय वा संस्कृति संरक्षण तथा प्रवद्र्धन, पर्यटकीय पूर्वाधार निर्माण, सम्पदा पुनर्निर्माणको काम भएको जनाएइको छ ।
हवाई क्षेत्रको समग्र क्षेत्रको सेफ्टीमा सुधार भएको साथै सुधारउन्मुख रहेको अवस्था छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महनिर्देशक राजन पोखरेलका अनुसार आइकाओले हालको प्राधिकरणले दुई संस्था भएर सेवा प्रदायक र नियामक निकाय भएपछि अडिट गरेर सेफ्टीमा भएको सुधारको प्रतिवेदन बुझाउने छ । हाल आइकाओसँग निरन्तर अनलाईनमा नेपालको हवाई सुरक्षामा भएका कामको विवरण आदान प्रदान गर्ने र निर्देशन अनुसार काम गर्नै कार्य भइरहेको छ । यसअघि २००९ मा आएको जस्तै अडिट हुने छ ।

६० प्रतिशत प्रगति
मन्त्रालयको पुँजीगत खर्च तथा वित्तीय र भौतिक प्रगति हुनुपर्ने समयमा प्रतिकूल परिस्थिति सिर्जना भएकाले अपेक्षित प्रगति हुन नसकेको मन्त्री योगेश भट्टराईले बताए । उनका अनुसार कोभिड–१९ महामारीका कारण पुस-माघ महिनादेखि असार-साउन महिनासम्म धेरै काम हुन पाएन, त्यसैले मन्त्रालयको वार्षिक प्रगति विवरणमो यो वर्ष मन्त्रालयको पूँजिगत खर्च ६४ पैतिशत र वित्तिय खर्च ५४ प्रतिशत गरी समग्रमा झण्डै ६० प्रतिशत मात्र प्रगति भएको छ । चालू खर्चमा ८० प्रतिशत प्रगति भएको छ ।
मन्त्रालयको आव २०७५-७६ मा कुल बजेट ३३ अर्ब १३ करोड ३७ लाख रहेको थियो । २०७६-७७ मा २१ अर्ब २१ करोड ६९ लाख बजेट रहेकोमा २०७५-७६ मा ८१ प्रतिशत रहेको औषत खर्च २०७६-०७७ भने ४९ प्रतिशत मात्र रहेको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय गौरबको आयोजनाको उल्लेख्य प्रगति देखिएको छ । पशुपति क्षेत्र विकास कोषको ७० प्रतिशत, लुम्बिनी विकास कोषको ९५ प्रतिशत, भैरहवामा निर्माणाधीन गौतम बुद्ध विमानस्थलको ८५ प्रतिशत र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६१ प्रतिशत प्रगती भएको छ । बहुप्रतिक्षीत निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अहिले विमानस्थल निर्माण क्षेत्रमा पर्ने १९ हेक्टर क्षेत्रफलमा पर्ने रुख कटानका लागि हालसम्म ६० हजार रुख गणना भइसकेको मन्त्रालयको भनाई छ ।

आन्तरिक उडान
संक्रमण कम भएको क्षेत्रमा आन्तरिक उडान गर्ने सोचका साथ सारोकारवाला निकायसँग छmलफल गरेर निर्णय गर्ने मन्त्री भट्टराईको भनाई छ । मन्त्री भट्टराईले हिमाली र पहाडी क्षेत्रमा अध्ययन गरेर आन्तरिक उडान खोल्ने तयारिमा मन्त्रालय रहेको बताए । उनले भने, “तराईका क्षेत्रमा भने तत्काल उडान गर्न सक्ने अवस्था छैन् भने चाडवाड शुरु भएकोले गर्दा हिमाली र पहाडी क्षेत्रमाको उडान संञ्चालन गर्नको लागि मन्त्रिपरिषद्मा लाने तयारीमा छौं ।”
यसैबीच, नेपाली र विदेशी नागरिकमा रहेको हवाई भाडा पुनरावलोकन समितिले मन्त्रालयमा प्रतिवेदन बुझाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापाको संयोजकत्वमा समितिले प्रतिवेदन बुझाएको मन्त्री भट्टराईको भनाई छ । यसरी समितिले बुझाएको प्रतिवेदनको आधारमा वायूसेवा संचालक संघहरूसँग सरोकारवाला निकायसँग छलफल गरि मन्त्रालयले निर्णय गर्ने मन्त्री भट्टराईको भनाई छ । उनले भने,“मन्त्रालय भाडादर एकै हुनु पर्छ र समायोजन गर्ने पक्षमा नै रहेको छ यसको लागि सरोकारवाला सँग छलफल गरेर दिएको सुझावको आभारमा अगाडि बढ्ने छ ।” उनले हिजोको जस्तो डब्बल भाडा सबै गन्तव्यमा नहुने र केही गन्तव्यमा मात्र डलर फियर रहने संकेत मन्त्रीले गरेका छन् । हाल आन्तरिक हवाई सेवामा विदेशी नागरिकलाई डलर फियर लिने गरिएको छ भने नेपाली भन्दा भाडादर महँगो रहेको छ ।

निगमको ऋण ४६ अर्ब
राष्ट्रिय ध्वाजावाहक नेपाल वायु सेवा निगमको कुल सम्पत्ति ५४ अर्ब १७ करोड रहेको छ भने ४५ अर्ब ९४ करोड ऋण रहेको छ । निगमको खुद सम्पत्ति भने ८ अर्ब २३ करोड रहेको छ । निगमले यो बीचमा महत्वपूर्ण गन्तब्य जापानको नारितामा सिधा उडान शुरु गरेको छ । कोभिड–१९ महामारी अन्त्यपछि निगमले साउदी अरेबियाको रियाद, दक्षिण कोरियाको सिओल र चीनको ग्वाङ्जाओ उडान गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्