नागरिक लगानी कोषका भुक्तानी एनसीएचएलका प्रणालीमार्फत अनलाइन गरिँदै

उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाइनमार्फत कुमारी बैंकमा रहेको खाताबाट लाभग्राहीको बैंक खातामा सीधै भुक्तानी गर्न नागरिक लगानी कोष नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को नेसनल पेमेन्टस् इन्टरफेस (एनपीआई) मा इन्डाइरेक्ट मेम्बरका रुपमा आबद्ध भएको छ ।
आबद्धतासँगै कोषले एनसीएचएलको एनसीएचएल आईपीएस तथा कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणाली प्रयोग गरेर बैंक तथा वित्तीय संस्थामा रहेका लाभग्राहीका खातामा सोझै भुक्तानी गर्न सक्ने भएको छ ।
भुक्तानी प्राप्त गर्न लाभग्राहीले एक पटक आफ्नो खाताको विवरण कोषमा अद्यावधिक गराउनुपर्छ । कोषले हालै आफ्नो नयाँ कोर प्रणाली लागु गरेको छ ।
यसैगरी, एनपीआईमा आवद्ध भई भुक्तानी कारोबार स्वचालित गर्ने आफ्नो योजनालाई थप अगाडि बढाएको छ । कोषले हालका लागि उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाइन मार्फत सुरुवात गरेको छ ।