कालीमाटी बजारमा मन्त्री भट्टको छड्के अनुगमन «

कालीमाटी बजारमा मन्त्री भट्टको छड्के अनुगमन


उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बल्खु र कालीमाटी बजारको छडके अनुगमन गरेका छन् । उपत्यकामा कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला आपूर्ति मन्त्री भट्टले सोमबार छड्के अनुगमन गरेर बल्खु र कालीमाटी तरकारी बजारको भिड व्यवस्थित गर्न निर्देशन दिएका हुन् ।
बजारमा भीडभाड बढी हुँदा कोरोना संक्रमण फैलिन सक्नै भएकाले बजार व्यवस्थित नगरे कारबाही गर्ने उनले चेतावनी दिएका हुन् ।
बजारमा तरकारी तथा फलफूलको मूल्य बढेको, सामाजिक दूरी कायम नभएको तथा भिडभाड बढेर भएको जोखिमबारे मन्त्रीले भट्टले स्थलगत अनुगमन गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
बिहान ५ बजे कालीमाटी बजार पुगेका मन्त्री भट्ट त्यसपछि बल्खु बजार पुगेका थिए । अनुगमन क्रममा बजारमा खुद्रा व्यपारीको भिड अत्याधिक रहेको, सामाजिक दूरी पालना नगरिएको तथा मास्क नलगाई मानिसहरु आएको भेटिएको मन्त्रालयले जनाएको छ ।
बजारको अव्यस्था अव्यस्थित देखेपछि मन्त्री भट्टले सुरक्षाकर्मीलाई सामाजिक दूरी कायम गराउन, मास्क तथा स्यानिटाइजरको प्रयोग गराउन तथा अटेरी गर्नेलाई कारवाही गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि गत बिहीबारदेखि निषेधाज्ञा गरेका छ । निषेधाज्ञाले गर्दा बजारमा पर्याप्त मात्रामा तरकारी भित्रिन नसकेको कालीबाटी बजार विकास समितिले जानकारी दिएको । समितिले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि निश्चित समय मात्र बजार खुला गरेका छ । पछिल्लो समय बजारमा तरकारीको मूल्य अस्वभाविक रुपमा बढेको छ । व्यवसायीले कृत्रिम अभाव गराएर तरकारीमा मूल्य बढाउँदा त्यसको प्रत्यक्ष असर उपभोक्तालाई पर्न गएको छ ।

प्रतिक्रिया दिनुहोस्