चिनियाँ प्रविधि फर्मको उदयप्रति मार्क जुकरबर्गले ट्रम्पलाई सचेत गराए «

चिनियाँ प्रविधि फर्मको उदयप्रति मार्क जुकरबर्गले ट्रम्पलाई सचेत गराए

वासिङटन-चिनियाँ प्रविधि फर्मले अमेरिकी व्यवसायलाई प्रत्यक्ष चुनौती दिएको भन्दै फेसबुकका सीईओ मार्क जुकरबर्गले डोनाल्ड ट्रम्पलाई सचेत गराएका छन् । ह्वाइट हाउसको डिनरमा उनले सचेत गराएको यो विषयसँग जानकार स्रोतलाई उद्र्धृत गर्दै वाल स्ट्रिट जर्नलले जनाएको छ ।
डीनरको समयमा जुकरबर्गले अमेरिकी अधिकारी र विधायकलाई चिनियाँ प्रविधि फर्मले अमेरिकी मूल्य र राष्ट्रको प्रविधिको वर्चश्वमाथि खतरा उत्पन्न गरेको चेतावनी अमेरिकी अधिकारीलाई गराएका हुन् ।
टिकटकलाई इंगित गर्दै प्रविधि मुगलले यसले फेसबुकको अभिव्यक्तिको स्वतन्त्रता सेयर नगर्ने चेतावनी दिएका छन् ।
अमेरिकी विद्यायकहरु टम कटन र चंक समरले अक्टोबरमा टिकटकमाथि अनुसन्धानका लागि माग गरेका थिए । ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेपछि राष्ट्रिय सुरक्षा समीक्षा लन्च गरिएको थियो । टिकटकले सप्ताहन्तमा उक्त प्रतिबन्ध बिरुद्ध कानुनी अपील लन्च गरेका थिए ।
टिकटकले फेसबुकको व्यवसायको मुख्य प्रतिस्पर्धा प्रस्तुत गरेको थियो । सोशल भिडियो सेयरिङ एप पछिल्ला महिनामाहरुमा व्यापक रुपमा माथि उठेको थियो । यो इन्सटाग्राममा प्रत्यक्ष रुपमा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको थियो । टिकटकको अडियन्सको आकारका आधारमा सम्भावित कम्पनीहरुले टिकटकका लागि इन्टााग्राम र फेसबुकमा विज्ञापन दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्