होटल क्वारेन्टाइन खुकुलो «

होटल क्वारेन्टाइन खुकुलो

सरकारले विदेशबाट फर्कनेलाई अनिवार्य होटल क्वारेन्टाइनको व्यवस्था खुकुलो बनाएको छ । नेपाल फर्कनुअघि पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरूले होटल क्वारेन्टिनमा बस्नु नपर्ने व्यवस्था गरिएएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए । कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरूले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरूले होटल क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था फिर्ता लिइएको उनले बताए । उनका अनुसार कुनकुन देशबाट उडान गर्ने भन्न मंगलबार निर्णय हुनेछ । जहाँ पीसीआर परीक्षण सहज हुन्छ र कोरोना संक्रमणको दर पनि कम छ त्यस्तो ठाउँबाट पीसीआर परीक्षण गरेका यात्रुमात्र बोकेर मात्र आउनेगरी नियमित उडान हुनेछ । भदौ १६ बाट केही मुलुकमा उडान गर्ने सरकारको तयारी छ ।
यसैबीच, विभिन्न मुलुकमा १९ उद्धार उडानमार्फत ९ हजार नेपाली स्वदेश फिर्ता हुने भएका छन् । पाँचै चरणको उद्धार उडान भदौ ९ देखि भदौ १६ सम्म हुने भएको छ । सरकारले तोकिएको मितिभन्दा १ साता पछिबाट उद्धार उडान सुरु गर्ने निर्णय गर्दै मंगलबारबाट पाचौं चरणको उद्धार उडान गर्ने भएको हो । मन्त्रालयले सोमबार पाचौँ चरणको उद्धार उडानको तालिका सार्वजनिक गर्दै मंगलबार यूएई (यूनाईटेड अरब इमिरेड्स)को सारजहाँबाट एयर अरेवियाले पहिलो उद्धार उडान गर्ने जनाएको छ । उद्धार उडान तालिका अनुसार नेपाल वायुसेवा निगमले साउदी अरबको रियादमा, १ मलेसियाको क्वालालम्पुर, २ दुबहीमा,१ कतार र कुबेतमा १ गरी कुल ६ उडान गर्ने छ । हिामलय एयरलाइन्सले साउदी अरबको दमाम, आबुदावी, कतारमा १÷१ र क्वालालम्पुरमा,२ उडान गरी ५ उद्धार उडान गर्ने छ । यस्तै विदेशी पवमान कम्पनीले भने एयर अरेबियाले सारजहाँ, इत्तिहाद एयरले आबुदाबी, फ्लाई दुबईले दुबहीबाट, टर्किश एयरले स्तानबुल,कतार एयरवजले दोहा,सिल्क एयरले अष्टे«लिया,कोरियन एयरले कोरिया,मालिन्दो एयरले मलेसियाबाट १ ÷१ लगायतगरी कुल ८ उडान गर्ने छन् ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सरकारले पछिल्लो समय पर्यटक ल्याउन बन्देज गर्दैं नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपाली नागरिक र नेपाल स्थित विदेशी नीयोग कुटनीतिज्ञ तथा कर्मचारीहरू संयुक्त राष्ट्रसंघ, विकास साझेदार संस्थाका कर्मचारीहरू तथा प्रतिनिधिलाई नेपाल ल्याउने निर्णय गरेको हो ।

दीपेन्द्र थापा

प्रतिक्रिया दिनुहोस्