ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई सहयोग «

ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई सहयोग

ग्लोबल आइएमई बैंक लिमिटेडले ट्राफिक प्रहरीलाई विभिन्न सामग्री सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उदयपुरको गाईघाटस्थित शाखाले ट्राफिक प्रहरीलाई जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको छ ।
बैंकको गाइघाट शाखाका प्रबन्धक रविनराज दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायव निरीक्षक होमप्रसाद खनाललाई उक्त जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरे ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यलय प्रमुख प्रहरी नायव निरीक्षक खनालले बैंकले प्रदान गरेको ट्राफिक संकेत बोर्ड तथा पोलहरु जिल्ला भरिका आवश्यक स्थानहरुमा राखिने र उक्त संकेत बोर्डले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पु-याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पु-याउने बताए ।
बैंकको गाइघाट शाखाका प्रबन्धक दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यलय उदयपुरलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्