सेयर बजारमा सुधार, एक अर्ब बराबरको कारोबार «

सेयर बजारमा सुधार, एक अर्ब बराबरको कारोबार

Nepal Stock Exchange (NEPSE) building onTuesday, 9th January, 2018, showing recovery from the damages of 2015 earthquake. Photo: RSS


सेयर लगानीकर्ताले प्रविधिको सदुपयोग गर्दा सेयर बजारमा सुधार आएको छ भने कारोबार रकम समेत बढेको छ ।
लगानीकर्ताले विद्युतीय माध्यमबाट हुने कारोबारबाट आइतबार सेयर बजार बढेको हो । सेयर बजार मापन गर्ने नेप्से परिसूचक आइतबार १२.७७ अंकले बढेको छ । यस दिन नेप्से परिसूचक मात्रै नभइ सेयर खरिद बिक्रीमा समेत सुधार आएको छ । यसअघि नेपाल धितापत्र बोर्डले धितापत्र कारोबार विद्युतीय भुक्तानी माध्यमबाट मात्र गर्न निर्देशन जारी गरेको थियो
कोरोना संक्रमणको जोखिम बढेकोले बोर्डले यस्तो निर्देशन दिएको हो । बोर्डको निर्देशनअनुसार ब्रोकर्स एसोसिएसन अफ नेपालले पनि शुक्रबार मात्रै धितोपत्रको खरिद बिक्री भुक्तानी गर्दा विद्युतीय माध्यमको अनिवार्य प्रयोग गर्न आग्रह गरेको थियो । काठमाडौं उपत्यकाभित्र संक्रमण बढेसँगै स्थानीय प्रशासनले एक हप्ते निषेधाज्ञा जारी गरेपछि सेयर कारोबार घट्दै गएको थियो । निषेधाज्ञा जारी गरेको पहिलो दिन सेयर बजार दोहोरो अंकले घट्दै कारोबार रकम ९७ करोड ६२ लाख रुपैयाँमा सीमित भएको थियो । त्यसको भोलिपल्ट अर्थात साताको अन्तिम दिन जम्मा ३९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
तर, आइतबार १ सय ८४ कम्पनीका करिब २५ लाख कित्ता सेयर १ अर्ब १० करोड रुपैयाँ भन्दा बढीमा किनबेच भएको छ । सो दिन व्यापार, जलविद्युत् र म्युचअल फण्डबाहेक सबै समूहको परिसूचकमा हरियाली छाएको छ । र्निजिवन बिमा समूहको परिसूचक मात्रै २३३.२२ अर्थात ३.४६ प्रतिशतले बढेको छ । यस्तै, बिमा समूहको परिसूचक १७३.८४ अंकले बढेको छ । सबै भन्दा धेरै निको ईन्स्योरेन्स कम्पनीको १४ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्