प्राथमिक बजारमा लगानीकर्ताको पहुँच «

प्राथमिक बजारमा लगानीकर्ताको पहुँच

नियामक निकायहरूले कुनै पनि नीति–नियम बनाउँदा, लागू गर्दा सम्बन्धित सरोकारवालाहरूसँग सरसल्लाह, सुझाव र छलफल गरेर निर्णय गर्नुपर्ने हुन्छ ।

कतिपयको भनाइमा १० कित्ते नीतिले बोरा प्रवृत्तिलाई प्रोत्साहन गरेको, अरूको नागरिकता संकलन गरेर अरूको बैंक र डिम्याट खाता प्रयोग गर्ने गरेको पनि छ । तर, अहिलेको डिजिटलाइजको जमानामा सबै बैंकमार्फत हुने भएकाले यो बोरा चर्चा चर्चा मात्रै हो भन्ने पनि भनाइ छ ।

नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर निष्कासनमा १० कित्ते नीति लागू गरेपछि लगानीकर्ताहरूको पहुँच सहभागिता प्राथमिक बजारमा बढेको देखिन्छ । १० कित्ते नीतिले गर्दा कुनै पनि कम्पनीको प्राथमिक सेयर जारी गर्दा कम्तीमा १० कित्ता सेयर पाउने र बाँडफाँडमा पनि सबैलाई १० कित्ताको हिसाबले बाँडफाँड गरिने नीतिले गर्दा साना लगानीकर्ताहरूको पहुँच प्राथमिक बजारमा बढेको देखिएको हो । प्राथमिक सेयरमा आवेदन गर्न न्यूनतम १ हजार रुपैयाँ भए पुग्ने र १० कित्ता सेयर पनि पाउने सम्भावना पनि अधिक रहने कारणले साना लगानीकर्ताहरू हौसिएका हुन् । पछिल्लो समयमा प्राथमिक सेयर खरिदमा आवेदन दिनेहरू पनि बढेका देखिन्छन् ।
पछिल्लो समयमा प्राथमिक सेयर खरिदमा आवेदन दिनेको संख्या ४ लाखभन्दा बढी रहेका छन् । यो १० कित्ते नीतिका कारणले हो भनेर पनि भन्ने सरोकारवालाहरूको भनाइ छ । तर, पछिल्लो समयमा नेपाल धितोपत्र बोर्डले बुक–बिल्डिङ प्रणाली लागू गर्ने भएकाले बुक–बिल्डिङ प्रणालीबाट प्राथमिक सेयर खरिदमा आवेदन दिँदा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने र न्यूनतम ५० कित्ताका दरले नै सेयर पाउने भएको छ । यसले गर्दा कतिपय लगानीकर्ताहरूले १० कित्ता भए पनि आवेदन दिन सक्नेबाट वञ्चित हुने भयो भनेर चिन्तित पनि बनेका छन् । कतिपय लगानीकर्ताहरू बुक–बिल्डिङ प्रणालीबाट सेयर खरिद गर्दा रु. १ सयमा नपाउने भनाइ पनि रहेको छ ।
बुक–बिल्डिङ प्रणालीले ठूला–ठूला राम्रा कम्पनीहरूको प्राथमिक बजार पनि ठूलाबडा लगानीकर्ताहरूको पोल्टामा जाने भयो भनेर पनि चर्चा चलेका छन् । त्यसो त बुक–बिल्डिङ प्रणालीबाट सेयर निष्कास नगर्न कम्पनीहरूका लागि केही मापडण्ड र केही क्राइटेरियाहरू पनि निर्धारण गरेको छ नियामक निकायले ।
नियामक निकायले लागू गरेको मापडण्डमा परेका कम्पनीहरूले मात्र प्राथमिक सेयर निष्कासन गर्दा बुक बिल्डिङ प्रणालीले प्राथमिक सेयर जारी गर्न पाउँछ भने बुक बिल्डिङबाट प्राथमिक सेयर जारी गर्ने कम्पनीहरूको सेयर लगानीकर्ताहरूले रु. सयमा पाउने सम्भावना नरहने देखिन्छ । बुक–बिल्डिङमा आईपीओ जारी गर्ने कम्पनीहरू तीन वर्षदेखि निरन्तर नाफामा गएको, त्यसैगरी कम्पनीको प्रतिसेयर नेटवर्थ चुक्ता पुँजीको १ सय ५० प्रतिशत हुनुपर्ने रेटिङमा पनि औसतभन्दा माथि हुनुपर्छ आदि मापदण्डमा नपर्ने कम्पनीहरूले बुक बिल्डिङबाट प्राथमिक सेयर निष्कास नगर्न पाउनेछैन । यस कारणले पनि बुक बिल्डिङ प्रणाली लागू भए पनि सबै कम्पनीको प्राथमिक सेयर बुक–बिल्डिङ प्रणालीबाट निष्कासन हुने भने होइन । ठूला–ठूला नाम चलेका कम्पनीहरू र उत्पादनमूलक कम्पनीहरूलाई पनि पुँजीबजारमा ल्याउनका लागि यो नीति अवलम्बन गरेको भन्ने पनि चर्चा छ ।
प्राथमिक बजारमा बुक–बिल्डिङ लागू हुने भएपछि सेयर बजारमा लगानीकर्ताहरूबीच र सामाजिक सञ्जालहरूमा सकारात्मक–नकारात्मक चर्चाहरू भए । केही लगानीकर्ताहरूको भनाइमा १० कित्ते नीति ठीक नभएको भन्ने छ भने कतिपयको भनाइमा यसले साना लगानीकर्ताहरूलाई प्राथमिक बजारमा पहुँच पुगेको र रु. १ हजारमा नै कम्पनीको हिस्सेदार सेयर धनी बन्न पाएको भन्ने पनि छन् । यसले दोस्रो बजारमा पनि लगानीकर्ताहरू जोडिन पुगेको, प्राथमिक बजारमा ठूलाबडा लगानीकर्ताहरूको एकाधिकार कम गरेको भनाइ कतिपय लगानीकर्ताहरूको रहेको छ । तर, कतिपय लगानीकर्ताको भनाइमा १० कित्ते नीति ठीक नभएको भन्ने पनि छ । कतिपयको भनाइमा १० कित्ते नीतिले बोरा प्रवृत्तिलाई प्रोत्साहन गरेको, अरूको नागरिकता संकलन गरेर अरूको बैंक र डिम्याट खाता प्रयोग गर्ने गरेको पनि छ । तर, अहिलेको डिजिटलाइजको जमानामा सबै बैंकमार्फत हुने भएकाले यो बोरा चर्चा चर्चा मात्रै हो भन्ने पनि भनाइ छ ।
त्यसो त कुनै पनि नीति–नियम कसैलाई राम्रो लाग्छ, ठीक लाग्छ त कसैलाई बेठीक लाग्न सक्छ । यो व्यक्ति–व्यक्तिमा भर पर्ने हो भन्दा पनि फरक नपर्ला । एक जना धितोपत्र बोर्डको अध्यक्षलाइ राम्रो लाग्यो, ठीक लाग्यो, १० कित्ते नीति लागू ग-यो । अर्को आएको धितोपत्र बोर्डको अध्यक्षलाई ठीक लागेन, बेठीक लाग्यो होला । तर, पनि कुनै पनि नीति–नियमहरू लागू गर्दा अधिकांश लगानीकर्ताहरू र सम्बन्धित सरोकारवालाहरूसँगको भनाइलाई पनि मनन गर्नुपर्ने हुन्छ । त्यसो त अहिलेको सेबोनका अध्यक्षले ठूलाबडा लगानीकर्ताहरूको दबाबमा परेर बुक–बिल्डिङ प्रणाली यति छिटो लागू गरेको भनेर पनि भन्ने गरेका छन् । त्यसो त सेबोनका अध्यक्ष ढुंगानाज्यू सेबोनको अध्यक्ष भएदेखि नै १० कित्ते नीति ठीक नभएको भन्ने भनाइ रहेको देखिन्छ । नियामक निकायहरूले कुनै पनि नीति–नियम बनाउँदा, लागू गर्दा सम्बन्धित सरोकारवालाहरूसँग सरसल्लाह, सुझाव र छलफल गरेर निर्णय गर्नुपर्ने हुन्छ । यदि सीमित व्यक्ति, समूहको स्वार्थका लागि नीति–नियम लाद्नु गलत हो भनेर भन्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्