ग्लोबल सेपर्सले स्कुलको नयाँ भवन हस्तान्तरण गर्यो

ग्लोबल सेपर्सले बूढानीलकण्ठमा भएको श्री गणेश सेकेन्डरी स्कुललाई नयाँ निर्माण गरिएको भवन शुक्रबार प्रदान गरेका छन् । सांसद गगन थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बूढानीलकण्ठका मेयर उद्धव खरेल, प्रदेश नं. ३ का सांसद भीमसेन खत्री ग्लोबल सेपर्सका युवा नेतृ आस्मी राणा, स्थानीय नेता, उक्त स्कुलका शिक्षक र प्रधानाध्यापकको पनि उपस्थिति थियो ।
गोरखामा आएको भूकम्पपछि ग्लोबल सेपर्सले भूकम्पबाट प्रभावित विद्यार्थीहरूका लागि उक्त स्कुलको भवन स्थायी रूपमा बनाउने योजना बनाएका थिए । गोरखामा आएको भूकम्पले श्री गणेश सेकेन्डरी स्कुलको भवनमा धेरै क्षति पुर्याएको थियो । ग्लोबल सेपर्सले स्कुल भवनको सुरक्षालाई ध्यानमा राखी नयाँ र आधुनिक सुबिधाका साथ उक्त भवनको निर्माण गरेको छ । उक्त स्कुलको भवन निर्माणको लागि ग्लोबल सेपर्सले रिलायन्स ग्रुप नेपाल, एमसीग्रुप कतार एयरवेज, एनआईसी एसिया बैंक र एनआईबीएल बैंक जस्ता विभिन्न संस्थाहरूबाट सहयोग लिएका थिए । भवन निर्माणको लागि ठूलो धनराशी १ लाख ५० हजार अमेरिकी डलर अनलाइन क्याम्पियन बाट उठेको थियो ।