भोलिदेखि लागू हुने गरी बढ्यो हवाई भाडा

वायुसेवा सञ्चालकहरूले मंगलबारदेखि लागू हुने गरी हवाई भाडा बढाएका छन् । निजी वायुसेवा सञ्चालकहरूको संस्था वायु सेवा सञ्चालक संघले हवाई भाडा बढाएको हो । हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढेसँगै इन्धन सहचार्ज बढाएको संघले विज्ञप्तिमार्फत जानकारी दिएको छ । वायुसेवा सञ्चालकहरूले मंगलबारदेखि लागू हुने गरी हवाई भाडा बढाएका छन् । निजी वायुसेवा सञ्चालकहरूको संस्था वायु सेवा सञ्चालक संघले हवाई भाडा बढाएको हो । हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढेसँगै इन्धन सहचार्ज बढाएको संघले विज्ञप्तिमार्फत जानकारी दिएको छ । काठमाडौंदेखि धनगढीसम्मको भाडामा २ सय २० रुपैयाँ बढेको संघले जनाएको छ । यसअघि काठमाडौंदेखि धनगढीसम्मको भाडा १२ हजार १ सय रुपैयाँ थियो । तर, अब नयाँ भाडादरअनुसार काठमाडौंदेखि धनगढीसम्म जानका लागि १२ हजार ३ सय २० रुपैयाँ पर्नेछ । नयाँ भाडादर मंसिर २६ गतेदेखि कार्यान्वयनमा ल्याउन लागेको संघका सदस्य तथा सिम्रिक एयरलाइन्सका बजार व्यवस्थापक प्रज्वल थापाले जानकारी दिएका छन् । वृद्धि भएको भाडादर हेर्दा धनगढी जानेले सबैभन्दा धेरै तिर्नुपर्ने भएको छ ।आयल निगमले गत शुक्रबार हवाई इन्धन प्रतिलिटर ८२ रुपैयाँबाट बढाएर ८७ कायम गरेको थियो । काठमाडौंदेखि सिमरासम्मको हवाई भाडामा ४५ रुपैयाँ बढेको छ । यसअघि ३ हजार ५ रुपैयाँ रहेको सिमरासम्मको भाडा बढेर ३ हजार ५० कायम भएको छ ।संघका अनुसार काठमाडौं–पोखराको भाडा ४ हजार ७ सय ३० कायम भएको छ । त्यस्तै भैरहवासम्मको ६ हजार ५५, भरतपुरसम्म ३ हजार ५ सय ५, विराटनगरसम्मको ७ हजार २ सय २० र नेपालगन्जसम्मको ९ हजार ५ सय ६५ कायम भएको छ ।
साथै काठमाडौंदेखि भद्रपुरसम्मको ८ हजार ७ सय ५०, जनकपुरसम्मको ४ हजार १०, तुम्लिङटार ५ हजार ७ सय २० र माउन्टेन फ्लाइटको ११ हजार २० कायम भएको छ ।
कहाँको भाडा कति ?
गन्तव्य-बढेको भाडा (रुपैयाँ)- जम्मा भाडा
माउन्टेन फ्लाइट- १७०- ११,०२०
पोखरा- ८०- ४,७३०
भैरहवा- १०५- ६,०५५
भरतपुर- ५५- ३,५०५
विराटनगर- १२०- ७,२२०
नेपालगन्ज- १६५- ९,५६५
भद्रपुर- १५०- ८,७५०
धनगढी- २२०- १२,३२०
जनकपुर-६०-४०१०
सिमरा-४५-३,०५०
तुम्लिङटार-९५-५,७२०
स्रोत वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)