पूर्ण निशस्त्रीकरण नहुदासम्म उत्तर कोरियामाथि प्रतिबन्ध «

पूर्ण निशस्त्रीकरण नहुदासम्म उत्तर कोरियामाथि प्रतिबन्ध

वासिङटन- उत्तर कोरिया पूर्ण रुपमा निशस्त्रीकरण नहुदाको समयसम्म प्रतिबन्ध लगाइने अमेरिकाले जनाएको छ । उत्तर कोरियाले अमेरिकामाथि लगाएको ग्याङस्टारको आरोप पनि अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले अस्वीकार गरेका छन् । उत्तर कोरियाले पूर्ण रुपमा परमाणु हतियारको नस्ट नगरेसम्म उसमाथिको प्रतिबन्ध कायमै रहने पनि उनले बताएका छन् । उत्तर कोरियासँगको दुई दिने गहन वार्तापछि पोम्पिया टोकियो पुगेका थिए ।
पोम्पियोले उत्तर कोरियासँग भएको वार्ता सकारात्मक भएको बताएका छन् । यद्यपि उत्तर कोरियाले भने यो वार्ता खेदजनक भएको बताएको छ । वार्ताको समयमा अमेरिकी व्यवहार ठिक नभएको उत्तर कोरियाले जनाएको छ । टोकियोमा पोम्पियोले जापानी तथा दक्षिण कोरियाका विदेश मन्त्रीसँग वार्ता गरेका छन् । उनले दुवै देशका नेतालाई उत्तर कारियासँगको वार्ताले निरन्तरता पाउने बताएका छन् ।
अमेरिकी जासुसी संस्थाको सार्वजनिक भएको रिपोर्ट अनुसार उत्तर कोरियाले पूर्ण रुपमा परमाणु हतियार नस्ट गर्ने देखिएको छैन । यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई अब ब्यालेस्टिक क्षेप्यास्त्र तथा परमाणु हतियारबाट अमेरिकालाई धम्की दिने अनुमती नदिने बताएका छन् ।
काउन्सील अन फरिन रिलेसनका अध्यक्ष रिचार्ड हासले उत्तर कोरियाको यो व्यवहारका कारण अमेरिकाले उत्तर कोरियामा सैन्य कारबाही गर्न सक्ने ट्वीटमार्फत् बताएका छन् ।
ट्रम्पले यो विषयलाई लिएर कुटनीतिक कदम उठाएको तर किमले धोखा दिएको हासले बताएका छन् । हतारमा सम्मेलनको आयोजना तथा माग गर्नु परमाणु निशस्त्रीकरणको माग गर्नु गम्भिर कुटनीतिक नभएको पनि उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्