जर्सीको व्यापार घट्यो

स्कोर बोर्ड
उरुग्वे भर्सेस फ्रान्सः ०–२
ब्राजिल भर्सेस बेल्जिमः १–२
सेमिफाइनल पुगेका टिम र खेल
फ्रान्स भर्सेस बेल्जियमः मंगलबार राति ११ः४५
रुसमा अहिले फिफा विश्वकप चलिरहेको छ । प्रतियोगिता रुसमा भए पनि त्यसको रौनक विश्वभर नै छ । नेपाल पनि यसबाट अछूतो रहने कुरै भएन । घर–घर, गल्ली–गल्ली, चोक–चोकमा विश्वकपको माहोल छ ।
विश्वकपले विभिन्न देशका जर्सीको व्यापार पनि बढाएको छ । बिक्रेताहरूलाई भ्याई–नभ्याई छ । तर, विश्वकप सुरु हुँदाताकाको भन्दा भने जर्सी बिक्री केही घटेको विक्रेताहरुको अनुभव छ । यसको कारण हो, दाबेदार भनिएका र नेपालमा बढी फ्यान भएका अर्जेन्टिना, जर्मनी, पोर्चुगल, स्पेन आदि बाहिरिनु । आफूलाई मनपर्ने टिम अन्तिम खेलसम्म पुग्न नसक्दा रौनक केही घटेको र यसले व्यापारमा असर गरेको विक्रेताहरुको अनुभव छ ।
न्यूरोडमा रहेको नेपाल स्पोर्टस् हाउसका सञ्चालक प्रकाश श्रेष्ठ विश्वकपको सुरुमा जति व्यापार भएको थियो, त्यसको तुलनामा अहिले कम नै भएको बताउँछन् । “हामीले सबैभन्दा धेरै अर्जेन्टिना, ब्राजिल र जर्मनीको जर्सी बिक्री गरेका थियौ । त्यसमा पनि अर्जेन्टिनाको जर्सी अत्यधिक मात्रामा बिक्री भयो,” उनले भने । आफूलाई मन पर्ने टिम नै खेलबाट बाहिँरिदा व्यापारमा केही कमी आएको हो कि भन्ने अनुमान उनको छ । “अहिले त जर्सीको व्यापार निकै कम हुन लागिसकेको छ । अब केही समयसम्म बा्रजिलको जर्सी केही मात्रामा जान्छ कि भन्ने अनुमान छ,” उनले भने ।
यसैगरी असनमा रहेको होलसेल बुनु टेडर्समा पनि जर्सी बिक्री कम भएको सञ्चालक बुनु तामाङले बताइन् । “हामीले प्रायः अर्जेन्टिना, ब्राजिल, पोचुर्गल र जर्मनीको जर्सी बढी मात्रामा बिक्री गरिरहेका छौं । तर अब बिक्री कम भएको छ,” उनले भनिन् ।
अन्य पसल सञ्चालकले पनि ब्राजिलको जर्सीमात्र बढी बिक्री भइरहेको बताएका छन् । “अन्य देशको जर्सीको व्यापार त लगभग अन्त्य नै भइसकेको छ,” स्पोर्टस् जोनका सञ्चालक महेश सापकोटाले भने, “सुरुका दिनमा हामीले अर्जेन्टिना, ब्राजिल र जर्मनीको जर्सी बिक्री गरेका थियौं । तर अहिले बिक्री हुनै छोडेको छ,” उनले भने ।
रिना खत्री