साताभर नेप्से ३९ अंकले वढ्यो

यस साता नेपाल स्टक एक्सचेन्जमा १८४ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २०२८१ कारोबारबाट एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरका ४२ लाख ५४ हजार पाँच सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २८.३९ प्रतिशत बढी हो । गत साता १८६ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १५८४८ कारोबारबाट एक अर्ब चार करोड १६ लाख २३ हजार रुपैयाँ बराबरका ३६ लाख ७९ हजार छ सय कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १८४ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २०२८१ कारोबारबाट एक अर्ब ३३ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरका ४२ लाख ५४ हजार पाँच सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २८.३९ प्रतिशत बढी हो । गत साता १८६ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १५८४८ कारोबारबाट एक अर्ब चार करोड १६ लाख २३ हजार रुपैयाँ बराबरका ३६ लाख ७९ हजार छ सय कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३९.८८ अंकले बढेर अन्तिम दिन १२२४.४१ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८.३४ अंकले बढेर २५७.४६ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम (सात करोड ४२ लाख ३० हजार रुपैयाँ) को आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (एक लाख ५५ हजार कित्ता) को आधारमा प्राइम कमर्सियल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (६४१ वटा) को आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्प्नी लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।