Logo

बेनीमा खुल्यो जेसीबीको आउटलेट

नेपालका लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले म्याग्दीको बेनीमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । यहाँबाट जेसीबीका ग्राहकले अन्रर्ताष्ट्रिय स्तरको एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् ।
नयाँ आउटलेटको उद्घाटन च्याम्बर अफ कमर्स, म्याग्दीका अध्यक्ष उत्तमकुमार कर्माचार्य र हेभि इक्विपमेन्ट व्यवसायी संघ, म्याग्दीका उपाध्यक्ष कुबिरकुमार श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । आसपासका क्षेत्रमा निर्माण कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरूको सहजताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरिएको नयाँ एआरओका प्रबन्ध निर्देशक बाल कृष्ण खत्रीले बताए ।
योसँगै जेसीबीले नौवटा स्थानमा ‘एआरओ’ स्थापना गरिसकेको छ । गल्छी, गोरखा, चरिकोट, लहान, डडेलधुरा, अर्घाखाँची, प्युठान र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक बिक्री केन्द्र सञ्चालन भइसकेका छन् । जेसीबीका मेसिनहरूको संख्या बढी रहेका नेपालका अन्य ग्रामिण क्षेत्रमा पनि ग्राहकलाई गुणस्तरीय ‘एफ्टरसेल्स सर्भिस’का लागि ‘एआरओ’ स्थापना गर्ने लक्ष्य एमएडब्लू अर्थमुभर्सले लिएको छ ।
नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्युक्टर र लोडअललगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरू लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । जेसीबीले बिक्रीलाई होइन बिक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमानम्बर १ ब्रान्ड बनेको हो ।

प्रतिक्रिया दिनुहोस्