अब ओम डेभलपमेन्ट बैंक कनेक्ट आईपीएसमा «

अब ओम डेभलपमेन्ट बैंक कनेक्ट आईपीएसमा

बैंक वित्तीय संस्थाहरूलाई कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा आबद्ध गराउँदै लग्ने क्रममा नेपाल क्लियरिङ हाउस र ओम डेभलपमेन्ट बैंकबीच उक्त प्रणालीको अनलाइनमार्फत दिइने भुक्तानी सेवासम्बन्धी सम्झौतामा बिहीबार नेपाल क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान तथा ओम डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले हस्ताक्षर गरे । नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको यस प्रणालीमार्फत बैंकका ग्राहकहरूले रकम ट्रान्सफर, बिल भुक्तानीलगायतका भुक्तानी कारोबार गर्न सक्ने कम्पनीले जनाएको छ । हाल उक्त प्रणालीमार्फत नेपाल सरकारको ठमेल कर कार्यालयको राजस्व भुक्तानी गर्न सकिने व्यवस्था रहेको र छिट्टै अन्य कर÷गैरकर भुक्तानी तथा खाताबाट गरिने रकम ट्रान्सफरसमेत गर्न सकिने जानकारी कम्पनीले गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्