नेपाल इन्भेस्टमेन्ट बैंक बाराको निजगढमा

नेपाल इन्भेस्टमेन्ट बैंकले बाराको निजगढ नगरपालिकास्थित निजगढ बजारमा शाखा खोलेको छ । पर्साको वीरगन्ज लिंकरोडमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक (साबिकको एस डेभलपमेन्ट बैंक) स्थित शाखालाई बाराको निजगढमा स्थानान्तरण गरिएको हो । २५ हजार बढी जनसंख्या रहेको प्रदेश नम्बर २ स्थित निजगढका स्थानीयलाई यो शाखाले वित्तीय कारोबारमा सहजता प्रदान गर्ने अपेक्षा लिइएको छ । महेन्द्र राजमार्गअन्तर्गत पथलैया र चन्द्रनिगाहपुरको बीचमा पर्ने निजगढलाई सरकारले स्मार्ट सिटी बनाउने भनिएको क्षेत्र भएको बैंकले स्मरण गरेको छ ।