कुमारी बैंकद्वारा शैक्षिक सामग्री वितरण «

कुमारी बैंकद्वारा शैक्षिक सामग्री वितरण

कुमारी बैंक नारायणगढ शाखाको आयोजनामा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘शिशु कल्याण आधारभूत विद्यालय’ माडी, चितवनका सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । उक्त विद्यालयका अध्यक्ष चूडामणि अधिकारीको अध्यक्षतामा कुमारी बैंक नारायणगढ शाखाका प्रमुख भुपेन्द्र खड्काले सो विद्यालयका सम्पूर्ण बालबालिकाहरूलाई स्कुल झोलालगायत अन्य शैक्षिक सामग्री वितरण गरेका थिए । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा सहयोग पुराउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्