दोस्रो किस्ताको रकम वितरण

भूकम्पबाट घर क्षति भएका तनहुँका भूकम्पपीडितमध्ये १२ प्रतिशतलाई दोस्रो किस्तावापतको रकम वितरण गरिएको छ । बुधबारसम्म १ हजार ६८६ जनाको रकम सम्बन्धित व्यक्तिको बैंक खातामा पठाइएको भूकम्पीय पुनर्निर्माण आवास जिल्ला कार्यान्वयन इकाईले जनाएको छ । दोस्रो किस्ताका लागि १ हजार ८६१ जनासँग सम्झौता भएको छ । भवन डिभिजन कार्यालय गोरखाको सिफारिसका आधारमा प्रक्रिया पुगेका लाभग्राहीलाई दोस्रो किस्ताको रकम १ लाख ५० हजार बैंक खातामा पठाइएको बताइएको छ । तनहुँका १० वटै स्थानीय तहका १२ हजार ७३८ लाभग्राहीले पहिलो किस्तावापतको ५० हजार रुपैयाँ प्राप्त गरिसकेका छन् । जिल्लामा १३ हजार ८२१ लाभग्राही पहिचान भएका छन् ।