मेरो टीसीएल मेरो विश्वास अत्याधिक सफल «

मेरो टीसीएल मेरो विश्वास अत्याधिक सफल

अन्तर्राष्ट्रिय स्तरको तेस्रो ठूलो टिभी ब्रान्ड, टीसीएलको ‘मेरो टीसीएल मेरो विश्वास’ योजना अत्याधिक सफल भएको कम्पनीले जनाएको छ । यसपालिको फिफा वल्र्ड कपलाई लक्षित गरी ल्याएको यस योजनामा ग्राहकहरूले, एलईडी टिभीको खरिदमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो । टीसीएल ब्रान्डका लागि विश्वप्रख्यात ब्राजिलियन फुटबलर नेयमार जीआर ब्रान्ड एम्बेसेडर छन् । टीसीएलका एलईडी टिभीहरूमा ३ वर्षको वारेन्टी पनि कम्पनीले प्रदान गर्दै आइरहेको नेपालका लागि आधिकारिक विक्रेता चौधरी गु्रपअन्तर्गत सीजी इलेक्ट्रोनिक्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्