सिद्धार्थ बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्युरेन्स सम्झौता

सिद्धार्थ बैंक र युनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्पन्न भएको बैंकास्युरेन्स सेवासम्बन्धी सम्झौतापत्रमा, सिद्धार्थ बैंककातर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्याल र युनियन लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्नले हस्ताक्षर गरेका छन् ।
त्यस्तै सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर बस्यालले आगामी दिनमा, युनियन लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्ने ग्राहकलाई आवश्यक जीवन बिमासम्बन्धी सेवाहरू सिद्धार्थबाट उपलब्ध हुनुका साथै नविकरण प्रिमियम तथा जीवन बिमाको प्रिमियम सिद्धार्थ बैंकबाट सजिलै बुझाउन सकिने बताए ।