Logo

सामाजिक बिमाकोे अन्तर्राष्ट्रिय परिदृश्य

देशमा चुनावी वातावरण बढ्दै जाँदा मूलधारका राजनीतिक दलहरूले भोट माग्ने प्रमुख अस्त्रका रूपमा सामाजिक बिमा तथा सामाजिक सुरक्षाका कार्यक्रमहरूको प्रयोग गर्दै आएका छन् । अहिले १ सय ४० भन्दा बढी देशमा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमहरू सञ्चालनमा आएका छन् । यीमध्ये सम्पूर्ण देशमा कार्यसँग सम्बन्धित दुर्घटनाहरू, वृद्धावस्था र आश्रितका लागि पेन्सन कार्यक्रमहरू सञ्चालनमा आएका छन् । यो संख्याको आधाभन्दा बढी देशमा बिमारी र आधाजति देशमा पारिवारिक भत्तासम्बन्धी व्यवस्था गरिएको छ । धेरै कम देशहरूमा मात्र बेरोजगार बिमाको अभ्यास भइरहेको छ । केही देशको अवस्था यस प्रकार छ :देशमा चुनावी वातावरण बढ्दै जाँदा मूलधारका राजनीतिक दलहरूले भोट माग्ने प्रमुख अस्त्रका रूपमा सामाजिक बिमा तथा सामाजिक सुरक्षाका कार्यक्रमहरूको प्रयोग गर्दै आएका छन् । अहिले १ सय ४० भन्दा बढी देशमा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमहरू सञ्चालनमा आएका छन् । यीमध्ये सम्पूर्ण देशमा कार्यसँग सम्बन्धित दुर्घटनाहरू, वृद्धावस्था र आश्रितका लागि पेन्सन कार्यक्रमहरू सञ्चालनमा आएका छन् । यो संख्याको आधाभन्दा बढी देशमा बिमारी र आधाजति देशमा पारिवारिक भत्तासम्बन्धी व्यवस्था गरिएको छ । धेरै कम देशहरूमा मात्र बेरोजगार बिमाको अभ्यास भइरहेको छ । केही देशको अवस्था यस प्रकार छ :(क) अस्ट्रेलिया : सन् १९८० को आर्थिक मन्दीपछि र श्रम संगठन तथा श्रम दलहरूको उदयपश्चात् अस्ट्रेलियामा कल्याणकारी कार्यमा सुधार भएको थियो र योभन्दा पहिले कृपालु समाज तथा विभिन्न निकायबाट दिइने सहयोगलाई नै कल्याणकारी कार्यक्रमका रूपमा लिइन्थ्यो । सन् १९०० मा न्यू साउथ वेल्स र भिक्टोरिया राज्यले ६५ वा सो भन्दामाथिका उमेरका लागि गैरयोगदानमा आधारित पेन्सनको व्यवस्था गरेको थियो । एन्ड्र्यू फिसरले नेतृत्व गरेको लेवर कमनवेल्थ सरकारले असक्षम तथा वृद्धावस्था पेन्सन कार्यक्रम १९०८ ल्याउनु अगाडि क्विन्सल्यान्डले १९०७ मा यस्तै कार्यक्रम सुरु गरेको थियो । दोस्रो विश्वयुद्धका क्रममा श्रम सरकारले अस्ट्रेलियामा सन् १९४१ मा राष्ट्रिय बाल भत्ता कार्यक्रम ल्याई कल्याणकारी कार्यक्रम घोषणा गरेको थियो । सन् १९४२ मा एकल महिला भत्ता, १९४३ मा श्रीमती भत्ता, सन् १९४३ मा बालबालिकाका लागि अतिरिक्त भत्ता, सन् १९४५ मा बेरोजगार, बिरामी, विशेष सुविधा ल्याएको थियो ।(ख) डेनमार्क : नागरिकलाई कल्याणकारी सेवा दिने हेतुका साथ सम्पूर्ण डेनिस कल्याणकारी कार्यक्रमहरू विभिन्न नीतिका माध्यमबाट सरकारबाट सञ्चालित भएका थिए र छन् । यी कार्यक्रमअन्तर्गत समाजसेवाहरू मात्र नभई करबाट चलाइएका स्कुलहरू, सार्वजनिक शिशु स्याहार केन्द्रहरू, मेडिकल केन्द्रहरू आदि पर्छन् । यी सम्पूर्ण कार्यक्रम केन्द्रीय सरकारबाट भन्दा पनि विभिन्न निकायहरू जस्तै : नगरपालिका, क्षेत्र र निजी क्षेत्रको माध्यमबाट पनि लागू गरिएका छन् । विभिन्न निकायबाट कार्यक्रम सञ्चालन गर्दा एकरूपताको कमीले कहिलेकाहीं डेनमार्कमा तनावको अवस्थासमेत सिर्जना हुने गरेको छ ।(ग) फ्रान्स : फ्रेन्च सामाजिक प्रणालीको प्रमुख विषेशता भनेको ऐक्यबद्धता हो । सामाजिक सुरक्षा कार्यक्रमको फ्रेन्च कोडको पहिलो आलेखमा ऐक्यबद्धताको सिद्धान्तलाई व्याख्या गरिएको छ । समान कामहरू, साझा उत्तर दायित्व र साझा जोखिमहरूको सम्बन्धमा ऐक्यबद्धताको विस्तार हुन्छ । वर्तमान अवस्थामा फ्रान्समा रहेको ऐक्यबद्धताले यहाँ स्वास्थ्य तथा सामाजिक सुरक्षा विषयमा व्यापक विस्तार भएको छ ।(घ) जर्मनी : औद्योगिक क्रान्ति भएदेखि नै जर्मनीमा कल्याणकारी राज्यको लामो इतिहास रहेको छ । उन्नाइसौं शताब्दीको अन्त्यतिर मजदुर आन्दोलनको दबाबस्वरूप चान्सलर ओट्टो भोन विसमार्कले पहिलो सामाजिक बिमाको सुरुवात गरेका थिए । एडोल्फ हिटलरको शासनकालमा ‘हामी व्यापक वृद्धावस्था कल्याणकारी कार्यक्रम चाहन्छौं,’ भनेर राष्ट्रिय समाजवादी कार्यक्रम सञ्चालन गरिएको थियो । सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रमलाई आजको जर्मनीको प्रमुख कार्यक्रमका रूपमा लिइन्छ । यहाँको कुल गार्हस्थ्य उत्पादनको कुल हिस्साको २७.६ प्रतिशत हिस्सा स्वास्थ्य, पेन्सन, दुर्घटना, दीर्घकालीन स्याहार र बेरोजगारी बिमाका लागि प्रयोग गरिएको छ, जुन अमेरिकामा १६.२ प्रतिशत मात्रै छ । (ङ) इटाली : सन् १९६० र १९७० को बीचमा सार्वजनिक खर्चमा वृद्धि गरी समाज प्रजातन्त्र प्रणालीअन्तर्गतका विश्वव्यापी कार्यक्रमहरूमा केन्द्रित गरिएको थियो । सन् १९७८ मा इटालीले विश्वव्यापी कल्याणकारी मोडल सार्वजनिक गरेको थियो, जसले राष्ट्रिय स्वास्थ्य कोषजस्ता व्यापक र निःशुल्क सेवाहरू दिएको छ ।(च) जापान : सरकार तथा निजी कम्पनीले धेरै लामो समयदेखि बिरामी, अशक्त र वृद्धवृद्धाहरूका लागि सहायता तथा कल्याणकारी कार्यहरू गर्दै आएका छन् । मेडिकल सेवा तथा आर्थिक सहायता प्रदान गर्न सन् १९२० मा जापान सरकारले युरोपियन मोडलमा कार्यक्रम विस्तार गरेको थियो । दोस्रो विश्वयुद्धको समाप्तिपछिका दिनहरूमा जापानले सामाजिक सुरक्षाका क्षेत्रमा उदाहरणीय कार्य गर्दै आइरहेको छ ।(छ) ल्याटिन अमेरिका : सन् १९८० को दशक ल्याटिन अमेरिकाको सामाजिक सुरक्षा कार्यक्रमका लागि उल्लेखनीय दशक रह्यो । त्यहाँको सामाजिक संरक्षण कार्यक्रमले विशेष गरी तीन क्षेत्र (सामाजिक बिमा, गरिबहरूका लागि सामाजिक सहायता कार्यक्रम र श्रम बजार नियमन) लाई जोड दिएको छ । यद्यपि वर्तमान ल्याटिन अमेरिकी सहायता कार्यक्रम सहायतामा बढी केन्द्रित रहेको छ । सन् १९८० भन्दा पहिले ल्याटिन अमेरिकामा औपचारिक क्षेत्रमा काम गर्नेहरूका लागि सामाजिक बिमा कार्यक्रम सञ्चालित थियो र अनौपचारिक क्षेत्र आर्थिक विकास भएसँगै हराएर जान्छ भन्ने मान्यता थियो । सन् १९८० तिरको आर्थिक संकट र श्रम बजारको उदारीकरणले अनौपचारिक अर्थतन्त्रलाई बढवा दियो र फलस्वरूप गरिबी र असमानता बढ्दै गयो । (ज) न्युजिल्यान्ड : सन् १९८० को दशकतिर तत्कालीन लिबरल सरकारले सन् १९८० को दशकको आर्थिक मन्दीबाट छुट्कारा पाउन थुप्रै सामाजिक कार्यक्रमहरू लागू गरेको थियो । यी सम्पूर्ण कार्यक्रममा महत्व पूर्ण कार्यक्रम कर विधेयक गारित गर्नु रहेको थियो । किनभने यहाँ त्यतिखेर अधिकांश जमिन केही धनी भेडापालक किसानहरूको कब्जामा थियो र तर उक्त विधेयकले ठूला कृषि भेडा फार्महरूलाई टुत्र्याउन बाध्य बनायो र नयाँ दूध फार्महरू खोल्न आदेश दियो, जसले गर्दा साना किसानले पनि जमिन किन्न पाए र स्पष्ट धन्दासहित इलम गर्न थाले । र, यो पछि आएर न्युजिल्यान्डको अर्थतन्त्रको मेरुदण्ड सावित भयो ।(झ) संयुक्त अधिराज्य : सन् १५३६ को ‘इंग्लिस पुअर ल’ देखि नै बेलायतको समाजकल्याणसम्बन्धी इतिहास धेरै लामो छ । कार्यशालासहितका विभिन्न सुधार गरेर उक्त कानुन राष्ट्रिय सहायता ऐन १९४८ र अन्य यस्तै कानुनले प्रतिस्थापित गरायो । पछिल्ला दिनमा यहाँ लागू गरिएका कार्यक्रमले सरकारी नीतिमा संकुचन ल्याई खाद्य बैंकहरूको स्थापना गरिएको छ । सन् २०१५ मा ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित जानकारीअनुुसार बेरोजगारी भत्तामा एक बिन्दुको वृद्धि र खाद्य बैंकको प्रयोगमा ०.०१ प्रतिशतले वृद्धि भएको छ । (ञ) संयुक्त राज्य अमेरिका : आश्रित बच्चा भएको परिवारलाई दिइने सहायता कार्यक्रम, आवश्यकतामा रहेका परिवारलाई दिइने अस्थायी सहायताजस्ता स्रोतको पहिचानका आधारमा प्रदान गरिने नगद सुविधासहितका कार्यक्रमहरू अमेरिकामा कल्याणकारी कार्यक्रमभित्र पर्छन् । यसका साथै मेडिकेड, अतिरिक्त आय सुरक्षा कार्यक्रम, खाद्य तथा पोषण कार्यक्रमहरू, सामाजिक बिमा, बेरोजगारी बिमा, सामाजिक सुरक्षा र मेडिकेयरलगायतका कार्यक्रमहरू पनि कल्याणकारी कार्यक्रमभित्रै पर्छन् । महाआर्थिक मन्दीका बेला आश्रित बच्चाहरू भएका परिवारहरूलाई आश्रित बाल सहायता कार्यक्रम सुरु गरी एकल आमालाई घरधन्दामा सहज बनाई गरिबीतिर धकेलिनबाट जोगाएको थियो । (ट) चीन : चीनको इतिहासले समाजकल्याण कार्यक्रममा धेरै परिवर्तन भोगेको छ । हाल आएर मानव संसाधन तथा समाजकल्याण मन्त्रालयअन्तर्गत समाजकल्याणका कार्यक्रहरू सञ्चालनमा रहेका छन् । सन् १९८० को सुधार हुनुपूर्व समाजवादी राज्य भएको नाताले सम्पूर्ण जनताको गर्भावस्थादेखि मृत्युसम्मका सम्पूर्ण आवश्यकताहरू पूर्ति गर्ने गरिन्थ्यो । राज्यद्वारा सञ्चालित सार्वजनिक संस्थान तथा कृषि संगठनहरूले बालस्याहार, शिक्षा, जागिर, आवास, जीवनयापन, स्वास्थ्यसेवा र वृद्धावस्था स्याहार कार्यक्रमहरू सञ्चालन गर्थे । यी प्रणालीहरूमा सुधार भएसँगै समाजकल्याणका विद्यमान कार्यक्रमहरूमा परिवर्तन ल्याएको छ ।(लेखक बिमासम्बन्धी अध्येता हुन् ।)

पदमराज अवस्थी

प्रतिक्रिया दिनुहोस्