Logo

सिद्धार्थ बैंक र नेसनल लाइफबीच बैकासुरेन्स सम्झौता

 सिद्धार्थ बैंक तथा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा, सिद्धार्थ बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर बस्याल र नेसनल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरे । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बस्यालले अब उप्रान्त, नेसनल लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्ने ग्राहकवर्गहरूलाई जीवन वीमा सम्बन्धि सेवाहरू सिद्धार्थ बैंकको प्रधान कार्यालय, हात्तीसार तथा यसका हाल सञ्चालित १ सय १२ शाखाहरूमार्फत उपलब्ध हुनुका साथै जीवन वीमाको प्रिमियम तथा नवीकरण प्रिमियम सिद्धार्थ बैंकमार्फत सजिलै बुझाउन सकिने जानकारीसमेत दिए । बैंकले हाल देशभर ११२ वटा शाखा (३ एक्सटेन्सन् काउन्टरसहित), ९९ शाखारहित बैंकिङ सेवा, ११६ एटीएम र ८ सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरिय बैैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्