माछापुछ्रे बैंकको २ नयाँ शाखाको शुभारम्भ «

माछापुछ्रे बैंकको २ नयाँ शाखाको शुभारम्भ

माछापुछ्रे बैंक लिमिटेडले २ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले असार १८ र १९ गते धनुषाको नागराइन नगरपालिकास्थित फुलगामामा शाखा कार्यालय र सप्तरीको अग्रिसाइर कृष्ण सावरण गाउँपालिकास्थित माहुली शाखा कार्यालयको औपचारिक रूपले सुरुवात गरेको छ । उक्त शाखाहरूको उद्घाटन पूर्वसभासद तथा बैंकका पूर्वअध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले क्रमशः नागराइन नगरपालिकाका मेयर प्रमेश्वर यादव र अग्रिसाइर कृष्ण सावरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीसँग संयुक्त रूपले गरे ।
नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरूलाई कर्जा, निक्षेपलगायतका सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराएको छ । यसका साथै, धनुषाको धारापानीमा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटीएमको सुविधासमेत उपलब्ध गराएको बताएको छ । उक्त एटीएमको उद्घाटन मध्य पूर्वीय पृतना, धारापानीका पृतनापति ईश्वर हमालले गरे । बैंकले ०७४ साल चैत मसान्तसम्म ६८ अर्व निक्षेप परिचालन गरी ६२ अर्ब कर्जा प्रवाह गरेको छ भने सोही अवधिमा ८१ करोड खुद मुनाफा गरेको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखा, २ वटा एक्सटेन्सन काउन्टरहरूलगायत २१ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा १ सय ६ स्थानबाट ग्राहक महानुभावहरूमा सम्पूर्ण बैकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैकको देशभर ८८ वटा एटीएमहरू सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्