एनआरएनएद्वारा संरक्षक तथा सदस्य मनोनयन «

एनआरएनएद्वारा संरक्षक तथा सदस्य मनोनयन

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनसीसी)का अध्यक्ष भवन भट्टको अध्यक्षतामा बसेको बैठकले संरक्षक परिषद, सल्लाहकार समिति, अनररी परिषद् समिति र आईसीसीमा मनोनित सदस्य चयन गरेको छ । अनलाइनमा भएको संघको सो ६० औं बैठकमा ७५ जनाभन्दा बढी सहभागी थिए । बैठकले सो निर्णय सर्वसम्मत रूपमा गरेको थियो । संघले आफ्नो अभियानमा बढीभन्दा बढीलाई समेट्दै सक्रिय सहभागिताको अवसर प्रदान गर्ने सोचका साथ यस पटक ५१ सदस्यीय अनररी परिषद् समिति गठन गर्ने नयाँ निर्णय गरेको हो ।
शुक्रबार बसेको बैठकले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो प्रमुख संरक्षक र डा. शेष घले, जीवा लामिछाने, देवमान हिराचन र रामप्रताप थापा संरक्षक रहेको संरक्षक परिषद् गठन गरेको छ । यसैगरी डा. सूर्य पाठक, सुरेन्द्र श्रेष्ठ, हरिबोल भण्डारी, डा. हेमराज शर्मा, डा. जुगल भुर्तेल, रामेश्वर साह, भवानी राणा, गोविन्द आचार्य, शेरबहादुर केसी, दीपकराज जोशी र डा.महाविर पुनलाई सल्लाहकारमा चयन गरेको छ ।
यसरी नै अनररी परिषद् समितिमा जमुना गुरुङ, इन्द्रा वन, दीपक खड्का, मन केसी, चन्द्र योञ्जन, भवानी ओली, डा. कृष्ण हमाल, बाबुराजा महर्जन र दिनेश खड्का ओसिनियाबाट छानिएका छन् छ भने मध्यपूर्वबाट डा. देवकाजी डंगोल, टिबि कार्की, नरेन्द्र भाट, कमलमणि गुरागाईं, मोहन शर्मा, राजु साउद, बिल गुरुङ र महेन्द्र चौलागाईं चुनिएका छन् । यस समितिमा अमेरिका क्षेत्रबाट रतन झा, शिव राई, डा. प्रेम अधिकारी, डा. द्रोण रसाइली, रामचन्द्र खरेल, नवराज गुरुङ, ऋषि ढकाल र डा. विष्णुमाया परियार रहेका छन् । युरोपबाट दिल गुरुङ, सूर्य गुरुङ, विश्व आदर्श पण्डित, मोहन गुरुङ, चिरन्जीवी ढकाल, पुष्प तिमिल्सिना, हरि शर्मा पौडेल, गोविन्द सुवेदी, पूर्ण हमाल, डा. मनिराज पोख्रेल, उषा शर्मा, हरिहर अर्याल, युवराज गुरुङ, शरण केसी, महेन्द्र कँडेल र सुभाष अधिकारी रहेका छन् । यसैगरी एसिया प्यासिफिकबाट रञ्जना उदास, प्रितम श्रेष्ठ, भारती लिम्बुनी, शंकर पौडेल, डा. कुमार बस्नेत, मेघराज नेपाल र गंगाराज राई तथा अफ्रिकाबाट एकनाथ खतिवडा, कुलबहादुर कार्की र विदुर खनाललाई मनोनित गरिएको छ ।
संघको बैठकले अन्तर्राष्ट्रिय समन्वय परिषद्को २१ सदस्यीय मनोनित सदस्यमा ओसिनियाबाट होमनाथ पाण्डे, दिनेशराज जोशी र बबिता श्रेष्ठ, युरोपबाट रविन्द्र भट्टराई, हरेन्द्र वानेम, रामशरण सिंखडा, नारायण आचार्य, लिला शर्मा मानन्धर, शितल भुर्तेल भुसाल र सुष्मा राईलाई र मध्यपूर्वबाट विनोद भट्टराई, सुदिप कार्की, मनोज कुमार श्रेष्ठ र देविका केसी गुरुङलाई ल्याउने निर्णय गरेको छ । यसैगरी अमेरिका क्षेत्रबाट राजन त्रिपाठी, कुंगा शेर्पा, अभिमन्यु बस्नेत र सरला कँडेललाई र एसिया प्यासिफिकबाट अजिव (ओम) गुरुङ, हेमराज ढकाल र कन्चन थापालाई मनोनित गरेको छ ।
बैठकले विशेष प्रस्ताव पारित गर्दै नेपालमा संविधानको कार्यान्वयनका लागि महत्व महत्वपूर्ण अंग रहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण र उल्लासमय वातावरणमा सम्पन्न गराउन नेपाल सरकार, निर्वाचन आयोग, सुरक्षा निकायहरू, राजनीतिक दलहरू र सम्पूर्ण नेपाली जनताले निर्वाह गरेको जिम्मेवारीपूर्ण भूमिकाका लागि हार्दिक धन्यवाद ज्ञापन गरेको छ । निर्वाचनको परिणामपछि देशले स्थिर सरकार पाउने र राजनीतिक संक्रमणकालको अन्त्य हुँदै सबैको सहयोग र सहकार्यमा राष्ट्र समृद्धिको बाटोमा अघि बढ्ने विश्वास संघले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्