युनाइटेड फाइनान्सको भिसा डेबिट कार्ड र एटीएम शुभारम्भ «

युनाइटेड फाइनान्सको भिसा डेबिट कार्ड र एटीएम शुभारम्भ

 युनाइटेड फाइनान्सको नर्भिक इन्टरनेसनल अस्पतालभित्र रहेको एटीएम लाउन्जमा अत्याधुनिक प्रविधिसहित टच स्क्रिन एटीएम मेसिनको सोमबार कम्पनीका सञ्चालक विष्णुकुमार अग्रवालद्वारा विधिवत रूपमा उद्घाटन गरिएको छ ।
उक्त एटीएमबाट कुनै पनि बैंक तथा वित्तीय संस्थाले जारी गरेका भिसा डेबिट कार्ड प्रयोग गरी रकम झिक्न सकिने बैंकले जनाएको छ । त्यसैगरी फाइनान्स कम्पनीहरुमा पहिलोपल्ट अत्यन्त सुरक्षित मानिएको चिपमा आधारित भिसा डेबिट कार्ड पनि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनन्दबहादुर श्रेष्ठद्वारा विधिवत रूपमा शुभारम्भ गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्