नेप्सको दोस्रो फुटसल रनिङसिल्ड प्रतियोगिता

नेप्सको दोस्रो फुटसल रनिङ सिल्ड प्रतियोगिता शनिबार सम्पन्न भएको छ । जसमा ग्लोबल आईएमई बैंकले विजय प्राप्त गरेको छ र उपविजेता कुमारी बैंक रहेको थियो । यस्तै, उत्कृष्ट खेलाडीमा ग्लोबल आईएमई बैंकका राजेश केसी, उत्कृष्ट गोलरक्षकमा कुमारी बैंकका सर्वेश मान शाक्य र सर्वाधिक गोलकर्तामा कुमारी बैंकका अर्विन श्रेष्ठले ११ गोल गर्दै सम्मान प्राप्त गरेका छन् ।
उक्त प्रतियोगितमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष रविन नेपालले विजय बैंक तथा खेलाडीलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए । १५ वटा बैंक तथा वित्तीय संस्थाहरुद्वारा संस्थापित एवं सञ्चालित नेप्स, एक पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्ट्याण्डर्ड र पीएसआई पनि प्रमाणित कम्पनी हो । यो कम्पनी बैंक तथा वित्तीय संस्थाहरुका लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै आइरहेको छ । यस कम्पनीले १३ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न भिसा कार्ड सेवाहरुका लागि होस्टिङ र स्विचिङको सेवासमेत प्रदान गर्दै आइरहेको छ ।