विश्वका लागि म चिहानमा थिएँ

पाउलिन्हो-मेस्सी हिँडेर मतिर आइरहेका थिए । यो अघिल्लो जुन महिनाको कुरा हो । हामी अस्ट्रेलियामा अर्जेन्टिनासँग एउटा फ्रेन्डली खेल खेलिरहेका थियौं । हामीले एउटा फ्रिकिक पाएका थियौं । म, विलियन र अर्को एक खेलाडीसँगै बलको ठिक अगाडि उभिएका थियौं । म बल लिन गइरहेको थिइनँ, मात्र रणनीतिक रूपमा उभिएको थिएँ । त्यत्तिकैमा अचानक मेस्सी सिधा मतर्फ आए, मेरो आँखामा हरेर अनि भने ‘अँ हामी बार्सिलोना जान्छौं कि जान्नौं’ ?
यो यत्तिमात्रै हो । यसमा कुनै थप व्याख्या थिएन । अनि मेस्सी फर्किए र अघि जस्तै हिँडेर गए । मसँग सोच्ने समयसमेत थिएन । मैले भने ‘यदि तिमी मलाई लैजान चाहन्छौ भने म जान्छु ।’ फुटबलबाट मेरो ध्यान तोड्न मलाई धेरै समय लाग्छ । तर, जब मेस्सीले विलियन बल हान्दै गर्दा मलाई त्यसो भनेर गए, मैले सोच्न थालेँ, ‘के उनी वास्तवमै गम्भिर थिए ? किन उनले मलाई यस्तो भने ? यो के हुन गइरहेको छ ?’
म त्यतिबेला चीनको सुपर लिगमा गोन्झाओ एभरग्राण्डका तर्फबाट खेलिरहेको थिएँ । अनि बार्सिलोना मप्रति इच्छुक छ भन्ने कुरा कसैले पनि पत्याउँदैनथ्यो । मैले सोचँे कि मेस्सीले मलाई जोक गरिरहेका छन् । अथवा मेरो ध्यान भङ्ग गर्न खोजिरहेका छन् । तर हामी त केवल फ्रेन्डली खेल न खेलिरहेका थियौं, त्यसैले उनको त्यस्तो उद्देश्य पनि नहुन सक्छ ।
खेल सकिएपछि मैले सेक्युरिटी गार्डलाई मेरो सर्ट मेस्सीलाई दिन आग्रह गरे । अनि उनी अर्जेन्टिनाको ड्रेसीङ रुमबाट मेरा लागि मेस्सीको सर्ट लिएर फर्किए ।
अष्टे«लिया टुरपछि म चीन फर्किएँ । त्यतिबेलासम्म मेरो ट्रान्सफरबारे केही सुनेको थिइन । एउटा पूरा महिना बित्यो अनि मैले पनि यसबारे बिर्सिसकेको थिएँ । म सुपर लिगको फुटबलमै रमाइरहेको थिएँ । त्यसपछि जुलाईमा बार्सिलोना मप्रति इच्छुक छ भन्ने हल्ला सुन्न थालियो ।
मैले मेरो एजेन्टलाई फोन गरेर भनेँ, ‘बोस, भगवानका लागि म क्रेजी भइसकेको छु । मलाई यो भनिदिनुस् कि यो साँचो हो की झुटो ?’
म चीनमा रमाइरहेको थिएँ । श्रीमती र म त्यहाँ रमाइलो समय बिताइहेका थियौं । म निकै राम्रो फुटबल पनि खेलिरहेको थिए । बार्साको हल्ला चल्नुअघि म त्यहाँ निकै शान्त थिए ।
अगष्टमा ट्रान्सफर विण्डो बन्द हुने बेला भइसकेको थियो र मेरो सम्भावना बन्द भए जस्तो लाग्यो । चाइनिज च्याम्पियनसिपको अन्तिम हप्तातिर हामी खेलिरहेका थियौं । हाम्रो अपार्टमेन्टमा ब्राजिलका साथीभाइ पनि सँगै थिए ।
त्यो रात मेरो एजेन्टले कल गरेर भने ‘सम्झौता पूरा भएको छ । तिमी सम्झौताको कागजमा हस्ताक्षर गर्न बार्सिलोना आउनुपर्छ ।’ मैले वास्तवमै पत्याइनँ । अनि उनलाई फेरि सोधेँ, ‘के यो साँचो हो ? बार्सिलोनाले मेरो लागि खर्च गर्यो ? के तिमी मलाई उल्लु बनाइरहेका त छैनौं ?’
उनले भने, ‘यो साँचो हो । तिमी त्यहाँ भोलि आइपुग्नुपर्छ’ । यो खबर पाउँदा बिहानको चार बजेको थियोे । मैले भने ‘म आउन सक्दिनँ । मेरा ब्राजिलका साथी आएका छन् र यो बिहानको चार बजेको समय हो ।’ उनले भने, ‘यो बार्सा हो । तिम्रा साथीलाई पनि तिमीसँगै ल्याऊ । अर्को प्लेनमा आइहाल ।’
त्यसपछि म झोला प्याक गरेर एयरपोर्ट पुगे । त्यहाँ जाँदै गर्दा कारको पछाडिको झ्यालबाट मैले हाइवे नियालिरहेको थिएँ । मैले आफैंलाई मेस्सी सम्झिएँ । गोन्झाओबाट बार्सिलोना ट्रान्सफरको कुरा सम्झिनुहुन्छ भने यसले वास्तवमै तपाईलाई रोमान्चित बनाउँछ । तर त्यसपछिको कथा तपाईहरूलाई थाहा छैन ।
जब म १९ वर्षको थिएँ, मैले फुटबल खेल्नै बन्द गरिदिएँ । म एक महिना जति घरमा डिपे्रसनका कारण बसेँ । यो सन् २००८ को गर्मी मौसम थियो । त्यतिबेला मेस्सी बार्सिलोनाका तर्फबाट आफ्नो तेस्रो खेल जित्न गइरहेका थिए अनि मचाहिँ घरमा बाँकी जीवन कसरी बिताउने भन्ने सोचेर थपक्क बसिरहेको थिएँ । म लिथुआनिया र पोल्याण्डमा खेलेर आफ्नो घर साओ पाउलो फर्किएको थिएँ । यो वास्तवमै अत्यन्त दुःखद अनुभव थियो ।
जब म लिथुआनिया आएँ, मैले मेरो जीवनमा पहिलोपटक रेसिजम्(नस्लवाद)को अनुभव गरेँ र यो एक पटकमात्र थिएन । सडकका गल्लीमा मान्छेहरू हामीलाई उचालिरहेको जस्तो गर्थे । उनीहरू फरक नामले हामीलाई बोलाउँथे । खेलमा पनि विपक्षी टोलीका समर्थक बाँदरको जस्तो हल्ला निकाल्थे अनि हामी माथि सिक्का बजार्थे ।
हामीलाई थाहा थियो, यो हाम्रो देश होइन । त्यसैले सबै चिज सह्यौं अनि अघि बढ्ने प्रयत्न गरिरह्यौं । त्यहाँ त्यो सिजन सकिएपछि म पोल्याण्डका लागि खेल्न गएँ । म त्यहाँ एक्लोपनको समय बिताइरहेको थिएँ । मैले १७ वर्षमा ब्राजिल छाडेको थिएँ आफ्नो परिवारको सुन्दर जीवनका लागि । जब म दुई वर्षपछि घर फर्किएँ, मलाई फुटबल पूरापूर भ्रमजस्तो लाग्यो ।
मैले परिवार, पूर्वश्रीमति अनि मेरो एजेन्टलाई भने, ‘मलाई पुग्यो ।’ मेरो पूर्व श्रीमतिले भनिन्, ‘फुटबल छाड्ने ? तर तिमीलाई यसबाहेक अरु के नै गर्न आउँछ ? तिमीलाई त ल्याम्प कसरी फेर्ने भन्ने समेत आउँदैन । आफ्नो आमाबुबाबारे सोच ।’
उनी सही थिइन् । पाँच वर्षको उमेरमा फुटबल लिएर जोना नोर्टेका गल्लीमा म कुदिरहँदा मेरी आमा मेरो पक्षमा थिइन् । म बच्चा छँदा फुटबलप्रति गहिरो पे्रम थियो । यतिसम्म कि मलाई निद्रासम्म लाग्दैनथ्यो । म जब भित्तामा हेर्थे म सोचिरहेको हुन्थे की ‘म बिहानको लागि पनि पर्खिन सक्दिनँ ता कि मेरो खुट्टामा फेरी बल होस् ।’
युरोपको अनुभवपछि म फुटबलको पे्रमबाट बाहिरिएँ । तर मलाई थाहा थियो कि मैले फुटबल छाडेँ भने मेरो परिवारको चित्त दुख्नेछ । अनि फेरि मैले अर्को सिजन खेल्ने निर्णय गरेँ ।
मैले मेरो करियर फेरी तलबाटै सुरु गरेँ, ब्राजिलको चौथो डिभिजनको क्लब पाओ डे एकुकरबाट । यो च्याम्पियन्स लिग पनि थिएन । हामी खेलका लागि ४० डिग्री तापक्रममा आठ घण्टा बसको यात्रा गथ्र्यौं ।
मेरो लागि दोस्रो पितासरह भए ‘प्रोफेसर टिटे’ । म टिटेको बारेमा बोल्नुपर्दा भावुक हुन्छु, किनकी हामी फुटबलभन्दा अरु धेरै कुराले पनि जोडिएका छौं । उनी मेरो आँखामा हेरेर मेरो सञ्चो–विसञ्चो र मैले राम्रो नगरेको पत्ता लगाउँथे । हामी एकआपसमा बोल्नका लागि शब्द चाहिदैनथ्यो ।
धेरै मान्छेलाई हाम्रो सम्बन्धका बारेमा थाहा नै थिएन । सन् २०११ मा कोरिन्थिएन्समा हामीसँग निकै रमाइलो सिजन थियो । हामीले क्याम्पिओनाटो ब्राजिलिइरो जितेका थियौं । धेरै खेलाडीलाई अफर आउन थालेका थिए । अनि इन्टरमिलान मसँग हस्ताक्षर गर्न चाहन्थ्यो । म दौडिएर टिटेको कार्यालयसम्म पुगेर भनेँ, ‘बोस मलाई थाहा छैन । यो विश्वकै ठूलोमध्येको एउटा क्लब हो ।’
अनि टिटेले भने ‘हेर निर्णय तिम्रो हो । म त स्वभाविक रुपमा तिमी यहीँ बसिदिए हुन्थ्यो भन्ने चाहन्छु । तर जीवन तिम्रो हो । तिमी लकर रुममा जाऊ र यसबारे सोच । जब तिमी निर्णय गर्छौं अनि मैदानमा जाऊ । यदि तिमी यहाँ बस्छौं भने थम्ब्स अपको संकेत गर र यदि तिमी यो छाड्न चाहन्छौं भने थम्ब्स डाउनको संकेत थर । अनि म बुझ्नेछु ।’
मैले मेरो एजेन्टलाई फोन गरेर मेरो निर्णय सुनाएँ अनि उनले भने ‘के तिमी पक्का छौ ?’मैले भने ‘म पक्का छु ।’
म मैदानमा गएँ । टिटेले देखे । अनि मैले दुई सेकेण्ड जति नाटक गरेजस्तो गरेर थम्ब्स अपको संकेत गरेँ ताकि म यहीँ बस्दैछु । उनले भने ‘भगवान, मैले सोचेको थिएँ कि तिमी छाड्दैैछौ ।’ मैले टिटेसँग कोरिन्थिएन्समा चार वर्ष काम गरेँ । त्यो समय मेरो जिन्दगीको सबैभन्दा सुनौलो समय थियो । दोस्रो सिजनमा म अत्यन्त अप्ठ्यारो समयमा पुगेँ । धेरै मान्छेले ममाथि विश्वास गर्न छाडे । तर एउटा मान्छे थियो जसले ममाथि विश्वास राखिरह्यो, त्यो हो टिटे ।
मैले मेरो जीवनको धेरै समय फुटबल खेलेँ, विश्वभर । यसबाट बुझेको कुरा के हो भने तपाई आफ्नो कामलाई माया गर्नुस् । जस्तो कि म सानोमा सुत्न जाँदा भित्तामा हेरे अर्को बिहान नहुँदै आफ्नो खुट्टामा फुटबल भएको चाहन्थेँ ।
जब विश्वकपका लागि खेलाडीको सूचीमा मेरो नाम लेखियो । यो मेरा लागि निकै खुसीको समय थियो । मेरो परिवारका लागि पनि । तर म मान्छेलाई मेराबारे थाहा नभएको केही कुरा भन्न चाहन्छु । धेरै मान्छेहरू बाहिरबाट हेर्छन् र भन्छन्, ‘ओहो तिमी चीनबाट बार्सिलोना पुग्यौ । कस्तो अपत्यारिलो कथा । कस्तो अचम्मको जादू ।’
मलाई थाहा छैन । फुटबल अप्स एण्ड डाउन्सले भरिएको हुन्छ । म त्यही खेलाडी हुँ, जब म सुपर लिगमा थिएँ । चीनदेखि बार्सिलोना जानु राम्रो कुरा हो तर कुनै जादू भने होइन । यो जीवन र मरण होइन । यो केवल फुटबल हो ।
जादू त त्यो हो जब तपाई फुटबल खेलेर घर फर्कनुहुन्छ, चाहे त्यसदिनको जस्तो नतिजा नै होस् । तपाईका सन्तानले तपाईंलाई हेरिरहेका छन् अनि उनका आँखाहरूले भनिरहेका छन् ‘ओला पापाइ’ ।
(ब्राजिलका मिडफिल्डर पाउलिन्होले द प्लेयर ट्रिब्यूनमा लेखेको आलेखको अनुवादित अंश)